देश

आज कानून दिवस

आज वैशाख २६ गते अर्थात कानून दिवस । नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवात भएको सम्झनामा आज राष्ट्रिय कानुन दिवस मनाइदै छ। २००९ साल वैशाख २६ गते नेपाल प्रधान न्यायालय ऐन लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आएको छ। कोरोना भाइरस संक्रमणको जटिल अवस्था रहेकोले गत वर्ष जस्तै यस वर्षको कानून दिवसमा पनि कुनै औपचारिक कार्यक्रमहरुको आयोजना गरिने छैन। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून दिवसको अवसरमा एक शुभकामना सन्देश दिदैँ एकापसमा शुभकामना आदान–प्रदान गरेर… पुरा पढौ

पूर्व राजा–रानी शाह कोरोना संक्रमणमुक्त

काठमाण्डौँ । पूर्व राजा ज्ञानेन्द्र शाहा दम्पत्ति कोभिड–१९ मुक्त भएका छन् । तीन साता अघि कोरोना संक्रमित भएका पूर्व राजा शाहा दम्पत्ति कोरोनामुक्त भएका हुन् । कोभिडका कारण तीन सातादेखि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र छोरी नर्भिक अस्पताल भर्ना भएका थिए । तीनै जना कोरोना संक्रमणमुक्त भएको दरवार निकट स्रोतले जनाएको छ । कोरोना संक्रमण मुक्त भएपनि पूर्वरानी कोमलको अक्सिजन ‘लेभल’ सोचे जति माथि आउन नसकेका कारण पूर्वराजा शाहा अझै केही समय अस्पतालमा नै रहेको जनाइएको छ ।… पुरा पढौ

६३ जिल्लामा निषेधाज्ञा जारी

काठमाण्डौं । कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ । यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख,… पुरा पढौ

रित्तो अक्सिजन ग्यास सिलिण्डर संकलनमा जुट्यो प्रहरी

अक्सिजन सिलिण्डरको अभावमा नागरिकको ज्यान जान थालेपछि कास्की प्रहरी सिलिण्डर संकलनमा जुटेको छ । अक्सिजन सिलिण्डरको अभाव भएर कुनैपनि नागरिकको ज्यान नजाओस् भनेर प्रहरी सिलिण्डर संकलनमा जुटेको हो । जस अन्तर्गत कास्की प्रहरीले विभिन्न मेटल कम्पनी, वर्कसप, ईञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायतका कम्पनीहरुमा पुगेर सिलिण्डर संकलन गरेको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए । एसपी श्रेष्ठले स्थिति सामान्य अवस्थामा फर्केपछि फिर्ता गर्नेगरी सिलिण्डर संकलन गरिएको बताए । पहिलो चरणमा शनिबार सम्ममा १८७ वटा अक्सिजन ग्यास… पुरा पढौ

बजारबाट २९ सयभन्दा बढी अक्सिजन सिलिन्डर फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ हजार ९ सय ६९ वटा सिलिन्डर फिर्ता ल्याएको समाचार छ। महामारीको अक्सिजनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मन्त्रालयले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सिलिन्डर फिर्ता ल्याएको हो। उद्योगहरूबाट १ हजार ८ सय ७६ र सर्वसाधारणसँग रहेको १ हजार ९४ सहित उक्त सिलिन्डर फिर्ता लिएर अक्सिजन उद्योगलाई दिइएको छ। पुरा पढौ

दुई दिनमा ५९ आन्तरिक उद्धार उडान, १०४ जनाको उद्धार

कोभिड–१९को विश्वव्यापी संक्रमणलाई ध्यानमा राखी सरकारले गत बुधबार मध्यरातदेखि आन्तरिक उडान बन्द गरेपनि बिहीबार र शुक्रबार २ दिनमा ५९ वटा आन्तरिक उद्धार उडान भएको छ। कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो। दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो। पुरा पढौ

गण्डकी प्रदेशका ११ एमाले जिल्ला अध्यक्षहरुद्वारा पार्टी एकता जोगाउन संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका हुन् । अपिल गर्नेहरुमा एमाले कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, स्याङ्जा अध्यक्ष सूर्यप्रसाद शर्मा (पारस), तनहुँ अध्यक्ष केदार सिग्देल, लमजुङ अध्यक्ष धनञ्जय दवाडी, गोरखा अध्यक्ष प्रेमबहादुर गुरुङ, पर्वत अध्यक्ष पदम गिरी, बागलुङ अध्यक्ष ईन्द्रलाल सापकोटा, म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, मुस्ताङ अध्यक्ष चन्द्रमोहन गौचन, मनाङ अध्यक्ष पाल्देन छोपेन गुरुङ… पुरा पढौ

गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

काठमाण्डौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । थापाको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् । गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौँडा पुगेका थिए । सो पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलका समर्थनमा डा खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ… पुरा पढौ

कोरोनासँग लड्न प्रदेश सरकारलाई हुण्डाईको साथ

हुण्डाई मोटर कम्पनीले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । हुण्डाई मोटर कम्पनी कोरियाले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ५० लाख बराबरको पिपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी हुण्डाई मोटर्स प्रालिले कम्पनीबाट प्राप्त २० हजार थान पिपीईसहित अन्य स्वास्थ्य सामग्री शुक्रबार हस्तान्तरण ग¥यो । कार्यक्रममा लक्ष्मी हुण्डाई मोटर्स प्रालि पोखराका प्रबन्धक भीमसिंह खत्रीले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई सो सामग्री हस्तान्तरण गरे । सहयोग ग्रहण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले स्वास्थ्य सामग्री… पुरा पढौ

छैटौं नेपाली राष्ट्रिय पत्रकारिता दिवस

आज बैशाख २४ अर्थात नेपाली राष्ट्रिय पत्रकारिता दिवस । नेपालमा गोरखापत्र प्रकाशनको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाइँदै आएको छ। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो। आजको दिनलाई गोरखापत्रको १२१ औ वार्षिकउत्सव तथा छैटौं राष्ट्रिय पत्रकारिता दिवसका रुपमा लिइन्छ। सरकारले ६ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेसँगै बैशाख २४ आम नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण दिन बनेको हो। हरेक वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको छ । नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार… पुरा पढौ