देश

बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छः उपप्रम पोखरेल

काठमाण्डौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट गरे । “निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ”, उपप्रधानमन्त्री पोखरेलले भने, “काठमाडाँैंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंँले चेतावनी दिइसकेको छ, यदि… पुरा पढौ

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार अपरान्ह ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले बोलाएको बैठकमा के एजेन्डामा छलफल हुने हो त्यो भने नखुलाइएको उनले बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पुरा पढौ

न्याय क्षेत्रका १६१ मा कोरोना संक्रमण

काठमाडौँ। कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको छ । यसअघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ… पुरा पढौ

शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शैय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।… पुरा पढौ

उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

काठमाडौँ। काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा… पुरा पढौ

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्री गुरुङलाई मंगलबार अपराह्नदेखि सामान्य ज्वरो आएको थियो । ज्वरो आएलगत्तै उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । एन्टिजेनमा पोजिटिभ देखिएपनि पुनः प्रमाणिकरणका लागि पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । पुरा पढौ

एमाले पोखरा महानगर अध्यक्ष पौडेललाई कोरोना संक्रमण

नेकपा एमालेका पोखरा महानगर अध्यक्ष दीपक पौडेललाई कोरोना संक्रमण भएको छ । उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार दिएको स्वाबको पिसीआर रिपोर्ट आज विहान पोजिटिभ आएको अध्यक्ष पौडेलले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै जानकारी दिएका हुन् । पौडेलले आफूलाई २ दिन जति सामान्य फुको खोकी देखिएपछि पिसीआर टेस्ट गरेको उल्लेख गरेका छन् । उनले आफू होम आइसोलेसन (एकान्तबास) बसिरहेको बताएका छन् । पुरा पढौ

परिषद् सचिवालय बन्द

काठमाडौँ। न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ । परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो… पुरा पढौ

निषेधाज्ञामा चार्टड र उद्धार उडान रोकिदैँन

सरकारले सोमबार रातीदेखि लागू हुने गरी आन्तरिक उडान रोकेको छ। यस्तै, भोली (बिहीबार) देखि अन्तर्राष्ट्रिय उडान पनि बन्द हुँदैछ । आन्तरिक उडान र अन्तर्राष्टिय उडान रोक्ने निर्णय सरकारले गरेको हो। मन्त्रिपरिषद्को गत आइतवार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो। यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने रोकिने छैन। आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैमा चार्टर तथा उद्धार उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार… पुरा पढौ

उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना होस्ः निर्वाचन आयोग

काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा भाग लिने नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीलाई स्थानीय तहसम्म उच्च सतर्कता अपनाई महामारी नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन अनुरोधपत्र पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेपालभर कोभिड –१९ को सङ्क्रमणको उच्च जोखिम रहेको र काठमाडौंँ उपत्यकालगायत अधिकांश शहरमा निषेधाज्ञासमेत… पुरा पढौ