देश

रुकुम पश्चिम जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

मंसिर १३ रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका आठबीसकोट नगरपालिका-८ का लालबहादुर नेपालीको आज बिहान नेपालगञ्जमा मृत्यु भएसंगै मृतकको संख्या बढेको हो । हिजो बेलुका रा १ ज ५८९ नम्बरको जीप आठबीसकोट नगरपालिका–८ दाजेबाट जन्ती लिएर फर्किने क्रममा दाजेमा दुर्घटना हुँदा पाँच चार जनाको मृत्यु भएको थियो । पुरा पढौ

चिनियाँ रक्षामन्त्री फेङ्हो भोलि काठमाण्डौं आउँदै

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा भोलि (आइतबार) काठमाडौँ आउने भएका छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ ।रासस पुरा पढौ

आज नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीको पनि जवाफ तयार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको बैठक आज (शनिबार) दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। आज (शनिबार) बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार पारेको जनाइएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उहाँमाथि लगाएका आरोपबारे स्पष्ट गर्नेछ। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कार्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाई राख्न… पुरा पढौ

पोखराको अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा हर्जोग र शेर्पा कक्ष

पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रथम हिमाल आरोही मौरिस हर्जोग र कीर्तिमानी आरोही मिङमा शेर्पा कक्ष स्थापना गरिएको छ। कक्षमा सन् १९५० मा प्रथम अन्नपूर्ण आरोही मौरिसले आरोहणका अवसरमा खिचेका ३३ तस्वीर तथा कीर्तिमानी आरोही शेर्पाले आरोहणमा प्रयोग गरेका एवं प्राप्त उपलब्धिका सामग्री प्रदर्शन गरिएको छ। नेपाल पर्वतारोहण संघका पहलमा संकलित तस्वीर र अन्य सामग्री कक्षको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वाँ जेभी लेगरले संयुक्त रुपमा उद्घाटन गरे। कार्यक्रममा… पुरा पढौ

कोरोना भाइरसविरुद्ध खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता चाँडो उपलब्ध गराऊः मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयको शुक्रबार बसेको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको हो। कोभिड–१९ को विरुद्धमा काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता सबै अस्पताललाई पठाइसकेकाले यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार असोजसम्मको कोभिड संक्रमितको उपचार खर्चसहित जोखिम भत्ता ६६ करोड ८७ लाख ४५ हजार अस्पतालमा पठाइसकेको छ। मन्त्रालयले कार्तिकको जोखिम भत्ता र संक्रमितको उपचार खर्चको रकम… पुरा पढौ

पुस्तकमा आयो प्रदेशका सबै ऐनहरु

गण्डकी प्रदेश सरकारले हालसम्म जारी भएका ऐनहरु पुस्तकका रुपमा प्रकाशित गरेको छ । प्रदेश सरकारले प्रदेश सभाबाट पारित भई ऐनका रुपमा जारी भएका ऐनहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्रायलले ४ खण्ड गरेर पुस्तकका रुपमा प्रकाशित गरेको हो । प्रकाशित पुस्तक शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानसहित चार जनाले सार्वजनिक गरे । पुस्तकमा प्रदेशमा जारी भएका ३३ वटा ऐनहरु ४ खण्डमा विभाजित गरेर प्रकाशन गरिएको छ । ४ खण्डलाई ४ वटा… पुरा पढौ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार नाघ्यो

मंसिर १२ पोखरा । नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । शुक्रबार थप थप १ हजार ७०३ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पाइएको हो । सोही अवधीमा १ हजार २३६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन् । नेपालमा… पुरा पढौ

भारतीय विदेश सचिव हर्षवर्धन आज गोरखा र मनाङ आउँदै

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज (शुक्रबार) गोरखा र मनाङ जाँदै छन्। गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको उनले अवलोकन गर्ने कार्यक्रम छ । साथै ३ वटा विद्यालयको उद्घाटन पनि गर्नेछन्। मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। हिँजो (बिहीबार) बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृंगला दिनभर भेटघाटमा व्यस्त रहे।उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार भेट गरे। श्रृंगलासँगको भेटघाटमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग… पुरा पढौ

वृद्धाश्रम गएगुज्रेको ठाउँ हो : निर्देशक शर्मा

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले वृद्धाश्रम गएगुज्रेको ठाउँ भएको टिप्पणी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले, नर्सिङ तथा समाजिक महाशाखाले पोखरामा आयोजना गरेको ‘जेष्ठ नागरिकको स्वास्थ्य अवस्था र नीतिगत अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले वृद्धाश्रम गएगुज्रेको ठाउँ भएकाले त्यहाँ कोहिपनि जाने अवस्था बनाउन नहुने बताएका हुन् । के हामी वृद्धाश्रममा बस्न सक्छौं ? प्रश्न गर्दै उनले भने,‘पक्कैपनि सक्दैनौं र चाहँदैनौं पनि ।’ उनले वृद्धाश्रम कसैको जन्म दिन, वैवाहिक वर्षगाँठ, पून्य तिथि वा त्यस्तै… पुरा पढौ

देशभरको कोरोना अपडेट : १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा, ३ सय ८९ जना आइसीयु र भेन्टिलेटरमा

बिहीबारसम्मको तथ्यांकमा देशभर १० हजार ५ सयभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयको तथ्यांकमा१६ हजार ६ सय ३९ जना सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेको जनाइएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ६ सय १९ जना होम आइसोलेसनमा छन्। त्यस्तै, प्रदेश १ मा १ हजार ४ सय ५९, प्रदेश २ मा २ सय ८३, लुम्बिनी प्रदेशमा ३ सय ४४, सुदूरपश्चिम प्रदेशमा २ सय ४३, गण्डकी प्रदेशमा ५… पुरा पढौ