देश

कोरोना प्रभाव : राष्ट्रपति, प्रधानमन्त्री र पूर्व राजाले सर्वसाधारणलाई टीका लगाई दिएनन्

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को प्रभाव दशैंको टीकामा पनि परेको छ । आम नेपालीले घर भित्रै सिमित भएरै दशैंको टीका लगाएका छन् भने देशका उच्च पदमा रहेका राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राजालगायत सबैले टीकालाई घर परिवारमै सिमित गरेका छन् । कोरोना कहरका कारण यसअघी सर्वसाधारणलाई टीका लगाई दिने गरेका राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक सर्वसाधारणलाई टीका लगाई दिईनन् । उनले यस पटक आफूले गुरु र आमाको हातबाट टीका लगाईन् । शुरुमा बिजयादशमीको मूख्य साईत १० बजेर १९ मिनेटमा… पुरा पढौ

कोरानाले पोखरामा २ सहित गण्डकी प्रदेशमा ४ को मृत्यू, मृतक संख्या ६७ पुग्यो

पोखरामा थप २ सहित गण्डकी प्रदेशमा ४ जनाको कोरोनाले ज्यान गएको छ । पोखरा ५ र पोखरा १५ का २ सहित पछिल्लो पटक ४ जनाको मृत्यू भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम तथा प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या ६७ पुगेको छ । कोरोनाबाट पछिल्लो पटक पोखरा ५ का पुरुषको मृत्यू भएको छ । ५५ वर्षिय ती पुरुष निमोनिया र मुटु सम्बन्धी समस्याबाट ग्रस्त रहेको अस्पताल श्रोतले जनाएको छ । कात्तिक… पुरा पढौ

दशैं घर परिवारमै सिमित गर्न आग्रहसहित मुख्यमन्त्रीले दिए शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दशैंलाई घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै दशैंको शुभकामना दिएका छन् । मुख्यमन्त्री गुरुङले सोमबार शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा मनाईन लागेकाले दशैंको टीका घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका हुन् । साथै उनले परिवारमा बस्दापनि सामाजिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको आवश्यक्ता अनुसार प्रयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री गुरुङले बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा… पुरा पढौ

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दशैं मनाउन नेकपा अध्यक्षको अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गर्नुभएको छ । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गर्नुभएको हो । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली समुदायले मनाउने विभिन्न… पुरा पढौ

आज बडादशैंको मुख्य दिन बिजयादशमी, टीका र जमरा ग्रहण गरेर मनाईदै

नेपालीको महान चाड बडादशैको आज मुख्य दिन अर्थात बिजयादशमी, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाईदैछ । घटस्थापनाको दिनदेखि शुरु भएको दशैंको मुख्य दिन आफू भन्दा ठूला बडाको हातबाट टीका, जमरासहित आशिष लिने चलन रहिआएको छ ।यसअघिका दशैंहरुमा घर परिवारबाहेक अन्य आफन्तकोमा पनि टीका लगाउन जाने गरिन्थ्यो । तर विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण उत्पन्न विषम परिस्थितिका कारण सरकार र प्रशासनले घर परिवारमा मात्र दशैं सिमित गर्न आग्रह गरेको छ । उसो त सरकार र… पुरा पढौ

दशैंको टीकाको उत्तम साईत १० बजेर १९ मिनेटमा

नेपालीको महान चाड बडादशैंको मुख्य दिन आज बिजयादशमीको अवसरमा लगाईने टीकाको उत्तम साईत १० बजेर १९ मिनेट रहेको छ । टीकाको उत्तम साईत आज पूर्वाह्न १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ ।आज पूर्वाह्न १० बजेर ११ मिनेटमा देवी विसर्जनको उत्तम साईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि पूर्वाह्न १०ः१९ मा उत्तम साईत रहेपनि त्यसपछिको अन्य समयमापनि टीका लगाउन मिल्ने प्रा.डा.गौतमले बताए । “आर्यावर्त क्षेत्रका… पुरा पढौ

मन्तव्य व्यक्त गर्दै मन्त्री भट्ट

कैलालीको चुरे गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट । तस्वीर ः मीन ठकुरी, रासस पुरा पढौ

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उहाँ आज घर फर्कनुभएको हो ।गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएको थियो । उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक… पुरा पढौ

मुख्य न्यायाधीवक्ता घिमिरेसहित परिवारका ३ जना कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसहित उनको परिवारका तीन जनामा कोरोना संक्रमण भएको छ । मुख्य न्यायाधीवक्ता घिमिरेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू, पत्नी अर्जना र आमा मालिकादेवी घिमिरेलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । न्यायाधीवक्ता घिमिरेले अहिले आफूहरुको स्वास्थ्य सामान्य रहेको र चिकित्सकको सल्लाह बमोजिम आफूहरु होम आइसोलेसनमा रहेको जनाएका छन् । साथै उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अप्नाउन आग्रह गरेका छन् । पुरा पढौ

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । रासस पुरा पढौ