देश

प्रदेश सभा अधिवेशनका क्रममा सृजित घटनाको छानविन गर्न नागरिक समाजको आग्रह

नागरिक समाज पोखराले गण्डकी प्रदेश सभा विशेष अधिवेशनका क्रममा सृजित घटनाको निश्पक्ष छानविन गर्न आग्रह गरेको छ । समाजका अध्यक्ष ईन्द्रकमल मानन्धरसहित संस्थापक संयोजक रामबहादुर पौडेल, समाजका प्रवक्ता गोकुलबहादुर कार्की, संस्थापक शशी तुलाचन, पूर्व संयोजक विष्णुहरी अधिकारी, सल्लाहकार तथा बरिष्ठ अधिवक्ता तिलक पराजुली र संस्थापक पवित्रा जिसीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै घटनाको निश्पक्ष छानविन गर्न माग गरेका हुन् । नागरिक समाजले विशेष अधिवेशनका क्रममा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुने दिन प्रदेश सभा सदस्य खिमविक्रम शाही सम्पर्कविहीन् भएको घट्नाको छानविन गर्न… पुरा पढौ

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको अवस्था छ”, पत्रमा भनिएको छ, “त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी… पुरा पढौ

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ। पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो। अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन… पुरा पढौ

निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौँ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैँक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ । जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट… पुरा पढौ

बैंकहरूको नाफा पौने एकाउन्न अर्ब

कोरोना महामारीमा वाणिज्य बैंकहरूको नाफा घट्ने अनुमान विपरीत झनै बढेको छ। चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा २७ वाणिज्य बैंकहरूले पौने ५१ अर्ब रूपैयाँ नाफा गरेका छन्। कोरोना महामारीका कारण अघिल्लो वर्ष बैंकहरूको नाफा घटेकाले यो वर्ष पनि घट्न सक्ने अनुमान थियो। गत वर्ष सोही अवधिमा ती बैंकहरूले करिब ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा गरेका थिए। बैंकरहरूले गत आर्थिक वर्षको तुलनामा अहिले नाफा वृद्धि हुनुमा कोरोनाबाट अनुभव लिएर काम गर्नुलाई लिएका छन्। यस अवधिमा २१ बैंकले नाफा… पुरा पढौ

आजदेखि निषेधाज्ञामा थप कडाइ

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आज (शुक्रबार)देखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ। अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले बताएका छन्। केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ। प्राप्त विवरणअनुसार… पुरा पढौ

निषेधाज्ञामा पेट्रोलपम्प खुलै रहने

काठमाडौंँ। निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण… पुरा पढौ

पूर्वमहारानी कोमल आइसीयूमा

काठमाण्डौं । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ । उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य… पुरा पढौ

उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाण्डौं । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गरिएको छ । आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन,… पुरा पढौ

बेपत्ता सांसद शाहीको कोरोना रिपोर्ट दुई थरी कसरी ?

अविस्वास प्रस्ताव निर्णयार्थ पेस हुने बेला एक्कासी गायब भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चरक अस्पतालको आईसियूमा भेटिएका छन् । शाही अनुपस्थित भएपछि उनकै पार्टी जनमोर्चाले खोजी गरिदिन माग गर्दै संसद सचिवालय निवेदन दिएको थियो । निवेदनमा सांसद शाही नभेटिएसम्म संसद बैठक स्थगित गर्न माग गरिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे । संसद बैठक चलिरहँदा शाही गायब भएपछि अनेकथरी आशंका भए । कसैले उनलाई सत्तापक्षले अपहरण गरेको आशंका गरे भने कसैले प्रलोभनमा परेर… पुरा पढौ