देश

‘के के हुन् त देशका मुख्य आर्थिक परिसुचकहरु ?’

कुनै पनि देशको वर्तमान अवस्था कस्तो छ भनि निर्धारण गर्नका लागि बिश्वब्यापी मान्यताअनुरुप केही आर्थिक परिसूचकहरु हुन्छन् । तथापी यी आर्थिक परिसूचकहरुमा समेत मतएक्येता भने पाइँदैन तैपनि ती प्रमुख आर्थिक परिसूचकहरु र नेपालको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा यहाँ चर्चा गर्न खोजिएको छ।प्रमुख आर्थिक परिसूचकहरुमा कूल ग्राहस्थ उत्पादन, आर्थिक बृद्धिदर पूँजीबजार, रोजगारको अबस्था, उपभोक्ता मुल्य सूचांक, उत्पादक मुल्य सूचांक, ब्यापार संतुलन, ब्याजदर, मुद्रास्फीति दर, तलब तथा ज्याला दर, सोधनान्तर स्थिति, आयात, निर्यात, कूल विदेशी विनिमय संचिति, विप्रेषण, राजश्व परिचालन तथा खर्च,… पुरा पढौ

आजबाट नारायणहिटीको ‘श्री सदन सर्वसाधारणका लागि खुला

मंसिर ६ काठमाण्डौं । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणले आजबाट अवलोकन गर्न पाउने भएका छन् । गत बैशाख १ गतेबाट खुल्ला गर्ने भनिएपनि कोरोना महामारीका कारण रोकिएको सदन सर्वसाधारणका लागि आजबाट खुल्ला हुने भएको हो । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा बीरेन्द्र शाहको वंशनास भएदेखी सो सदन बन्द अवस्थामा थियो । सो सदनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला… पुरा पढौ

शनिबार थपिने संक्रमित भन्दा निको हुने धेरै

मंसिर ६ काठमाण्डौ । नेपालमा शनिबार थपिने कोरोना संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा दुई हजार तीन सय २३ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा एक हजार ६ सय ७४ जनामा नयाँ सङ्क्रमण पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो । यो सहति नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १८… पुरा पढौ

नेउवामहासंघको चुनाव : ६३ पदका लागि १ सय २५ जनाको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरु तीब्र प्रचार अभियानमा जुटेका छन्। वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको उपयोग गरेका छन्। महासंघको आउँदो ११ गतेदेखि १३ गतेसम्म ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुँदैछ। महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुनेछ। वरिष्ठ उपाध्यक्षका चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन्। महासंघको ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानअनुसार… पुरा पढौ

आफ्नै घरेलु मैदानमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको योजना

नेपाली फुटबल टिमले पाकिस्तानसँग डिसेम्बरमा आफ्नै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको हो। तर, कतिवटा खेल खेल्ने निश्चित भैसकेको भने छैन। अहिलेसम्मको योजना अनुसार दुईवटा खेलका लागि एन्फाले पहल गरेको छ। यसका लागि फिफाको फ्रेन्डली विन्डोजमा नै मैत्रीपुर्ण खेल खेलाउने तयारी गरिएको छ। फिफाको अर्को विन्डो डिसेम्बरमा भएकाले यकिन मिति तय गरिएको छैन। नेपाली फुटबल टिमले यही साता बंगलादेशसँग २ वटा मैत्रीपूर्ण… पुरा पढौ

यस वर्षको राष्ट्रिय कविता महोत्सव मंसीरको २९ गते

यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसीरको २९ गते काठमाडौँमा आयोजना गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको जनाएका छन्। प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ। यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो। प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार… पुरा पढौ

क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। साथै, क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नामसमेत सिफारिस गरेको छ। क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसीरको १० गतेदेखि बन्द प्रशिक्षणमा बोलाएको हो। नेपालले विश्वकप लिग क्रिकेट–२ अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्नेछ र त्यसैका तयारीका लागि क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो। कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण ९ महिना ढिला भएको हो। क्यान कार्यालयका सचिव उदयप्रकाश शाहले सूचना जारी गर्दै बन्द प्रशिक्षण… पुरा पढौ

उदाउँदो सूर्यलाई अघ्र्य दिदैँ यस वर्षको छठ पर्व सकियो

आस्थाको महापर्व छठ पर्वअन्तर्गत ब्रतालुले आज (शनिबार) उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। ब्रतालुले यहाँका इतिहास वर्णित सरोवर गंगासागर र अरगजालगायतका तलाउ पोखरीहरुमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरी यस वर्षको छठ पर्वलाई बिदाई… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : अस्पताल बनाउन प्रत्येक पालिकामा जग्गा दिने

मंसिर ५ काठमाण्डौ । सरकारले स्थानिय तहले निर्माण गर्ने अस्पतालका लागि आवश्यक पर्ने सरकारी जग्गा भाडामा उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले प्रत्येक पालिकाले निर्माण गर्ने भनेको पाँचदेखी १५ शय्याको अस्पताल निर्माणका लागि अस्पतालको नाममा जग्गा नभएमा लिजमा जग्गा दिने निर्णय भएको बताए । सरकारले अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध… पुरा पढौ

प्रचण्डको प्रस्तावको प्रधानमन्त्री ओलीले जनताको अदालतमा उभिएर जवाफ दिनुपर्छ : नेता महर

मंसिर ५ पोखरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं नेकपाकै लागि घातक भएको बताए। ‘नेकपाले बालुवाटार र सिलत निवासलाई पार्टी कार्यालय जस्तै बनाएको छ। राष्ट्रपति पनि नेकपाको कार्यकर्ता जस्तो देखिनु भएको छ। जसले पदिय… पुरा पढौ