देश

आज छठको तेस्रो दिन ‘सँझिया घाट’

आज (शुक्रबार) छठको तेस्रो दिन अर्थात ‘सँझिया घाट’। छठको तेश्रो दिन ‘सँझिया घाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलाशयको आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अघ्र्य दिने गर्दछन्। अनि, चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर व्रतको समापन गर्ने चलन छ। पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ। तिहारमा बाँकी भएका… पुरा पढौ

कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

मंसिर ४ काठमाडौं । कक्षा १२ को परीक्षाको तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ । परीक्षा कोरोना भाइरसको महामारीबीच यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ । अहिले उत्तरपुस्तिकाहरू परीक्षा केन्द्रमा पुगिसकेको र अनलाइनबाट पठाउने प्रश्नपत्र निर्माण भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । गत वैशाख ८ मा हुने भनेको परीक्षा कोरोना भाइरसका कारण स्थगित भएको थियो ।चार हजार एक सय पाँचवटा केन्द्रबाट सञ्चालन गर्न लागिएको परीक्षामा नियमित र आंशिक गरी चार लाख… पुरा पढौ

पत्रकार गोकर्ण गौतमको निधन

मंसिर ४ काठमाण्डौं । कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मनोरञ्जन बिटमा लामो समयदेखी लेख्दै आएका पत्रकार गौतमको आज बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो । गौतमलाई मष्तिस्कको नशामा समस्या आएपछि परिवारले सोमवार भर्ना गराएका थिए ।३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे । यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए । फिल्म समिक्षक समेत रहेका गौतम निडर पत्रकारितामा अग्रसर थिए… पुरा पढौ

निकिशा श्रेष्ठलाई ‘ह्यारस्मेन्ट’ गर्ने समुह प्रहरी नियन्त्रणमा

मंसिर ४ काठमाडौं । सार्वजनिक स्थलमा निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा निकिशालाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा तीन जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर, भक्तपुरले पक्राउ गरेको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए । सडकमा हिँडीरहेकी निकिशालाई मोटरसाइकलमा आएको समूहले दुव्यहार र अपशब्द बोलेको भिडियोमा छ… पुरा पढौ

कोरोनाबाट थप १७ जनाको मृत्यु

मंसिर ४ काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार दुई ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १७ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्र ालयका अनुसार हालसम्म कोरोनाबाट बाग्मती प्रदेशमा ६३४ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश १ मा ६७, प्रदेशमा १७२ र गण्डकी प्रदेशमा ७७ जनाको मृत्यु भएको जनाइएको छ । लुम्बीनी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७८, कर्णाली प्रदेशमा १५ र सुदुरपश्चिम प्रदेशमा कोरोना… पुरा पढौ

नेपाल पत्रकार महासंघका महासचिव विष्ट कोरोना संक्रमण मुक्त

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट कोरोना संक्रमणबाट मुक्त भएका छन् । महासचिव विष्ट शुक्रबार विहानबाट कोरोना संक्रमणबाट मुक्त भएका हुन् । महासचिव विष्टले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन् । महासचिव विष्टले कोरोनासँग लड्न सजिलो नभएको आफ्नो अनुभव रहेको बताएका छन् । कोरोनासँग लड्दा मानसिक र शारिरिक रुपमा निकै कष्ट र तनाव झेलेको भन्दै उनले लेखेका छन्,‘कोरोनासँग लड्न सजिलो नभएको मेरो अनुभव रह्यो । मानसिक र शारिरिक रुपमा निकै कष्ट र तनावपूर्ण अवस्था… पुरा पढौ

आफ्नै समस्या लेख्दैनन् पत्रकार

भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन। कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन। त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र संचार क्षेत्र पनि हो। कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका संचार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाई गर्ने घटना हेरे संचार र पत्रकारमाथि आएको संकट बुझ्न काफी हुन्छ। उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन्। खाली समस्या… पुरा पढौ

कोभिड–१९ को कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गरिने

सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र कोभिड–१९ का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन्। पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका… पुरा पढौ

आज (खरना) छठको दोस्रो दिन : के हो खरना ?

छठ पर्वको आज (बिहीबार) दोस्रो दिन ब्रतालुले ‘खरना’ को विधि तयारी पूरा गरेका हुन्छन्। कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज (बिहीबार) पर्वको दोस्रो दिन ‘खरना’ का दिन ब्रतालुहरु दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गरिन्छ। चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् ‘खरना’का दिन माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने… पुरा पढौ

त्रिवि विद्यार्थीको स्थगित परीक्षाको शैक्षिक सत्र खेर जाँदैन – त्रिभुवन विश्वविद्यालय

कोरोना भाइरसको महामारीपछि स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले बताएको छ, ‘गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर जाने जोखिम बढेको थियो, अब स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ।’ वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको विश्वविद्यालयले जानकारी दिएको हो।… पुरा पढौ