देश

म्याग्दीमा पहिलो पटक मनाइयो छठ

वीरगञ्ज स्थायी घर भएका विजयकुमार साह १५ वर्षदेखि बेनीमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विगत वर्षमा पूर्वीतराईमा बसोबास गर्ने नेपालीले विशेष महत्वका साथ मनाउने छठका लागि साह परिवारसहित तिहारअघि नै जन्मथलो जानुहुन्थ्यो । यसपालि कोरोना महामारीका कारण साहले बेनीमै छठ पर्व मनाउँदै हुनुहुन्छ । “कोरोनाको जोखिमले गर्दा छठ मनाउन घर जान पाइएन”, उहाँले भन्नुभयो, “आफ्नो संस्कार र संस्कृति छोड्नु हुन्न भनेर बेनीमै छठ मनाउन लागेका छौँ ।” साहलगायत यहाँ बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक… पुरा पढौ

कौसी खेती गर्ने पुरस्कृत

वाग्मती प्रदेश भित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना आज भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् । विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहनुभएकी स्वयंभू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कार स्वरुप पाउनुभयो । भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी… पुरा पढौ

नेपाल र चीनको निकटता झन् झन् बढ्दै छ ः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा आजदेखि शुरु भएको ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गर्नुुभयो । उहाँले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन् झन् बढेको छ”, उहाँले… पुरा पढौ

छठ पर्वको सन्ध्याकालीन अघ्र्य अर्पण

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायत पोखरीमा अघ्र्य सामग्री लिइ सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दे… पुरा पढौ

ल्यान्डफिल साइटमा बगैँचा निर्माण

मंसिर ५ इटहरी । धनकुटाको ल्यान्डफिल साइटमा निर्माण भएको बगैँचा ।धनकुटा जिल्लाको धनकुटा नगरपालिकाले कुहिने फोहर घरमै विसर्जन र नकुहिने फोहरको लोभलाग्दो व्यवस्थापन गरेको छ । ल्यान्डफिल साइटमा दुर्गन्ध आउँदैन । यसको अवलोकन भ्रमणमा ३०० भन्दा बढी स्थानीय निकायका जनप्रतिनिधि, सयौँ विद्यार्थी, दर्जनौँ विज्ञ र चार उप–प्रधानमन्त्री आइसकेको नगरपालिकाका वातावरण अधिकारी उपेन खनालले जानकारी दिए । धनकुटा नगरपालिकाको फोहर व्यवस्थापनले नेपाल सरकारबाट दुई चाटि राष्ट्रिय पुरस्कारसमेत पाएको छ । –रासस पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा छठको शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज (शुक्रबार) छठ पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले शुभकामनामा भनेका छन्, ‘पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गरेको छ। विविधतायुक्त नेपाली समाजमा यस्ता चावपर्वले अन्तरसम्बन्धलाई अझ बढी मजबूत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले छठ पर्वको यस उल्लासका बीच कोभिड १९ को महामारीलाई सामना गरिरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन्। कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा छठको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले शुभकामनामा भनेकी छन्, ‘छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिनेछ।’ उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा… पुरा पढौ

स्वामी केशवानन्दले ल्याए, ४ लाख शब्द समावेश संस्कृत–नेपाली विद्युतीय शब्दकोश

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी ४ भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ। शब्दकोशमा ४ वटै भाषाका गरी ४ लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी, वेबसाइटमा केएन स्वामी डटकममा गएपछि ४ भाषाका करिब ४ लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिएका छन्। यी ४ भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र… पुरा पढौ

गण्डकी प्रदेशमा ४६१९ सकृय केस, ३४६४ होम आईसोलेसनमा

गण्डकी प्रदेशमा हाल ४ हजार ६ सय १९ वटा कोरोनाका सकृय केस रहेका छन् । कुल १० हजार ६ सय ८८ जना संक्रमित भएकोमा ५ हजार ९ सय ३८ जना भने निको भइसकेका छन् । त्यसमध्ये ४ हजार ६ सय १९ वटा सकृय केस रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कात्तिक ४ गते साँझसम्ममा १३१ जनाको कोरोनाले मृत्यू भइसकेको छ । गण्डकी प्रदेशमा ४ हजार ६ सय १९ वटा सकृय केस रहेकोमा ३ हजार ४ सय… पुरा पढौ

विस्तृत शान्ति सम्झौताको आज १४ वर्ष पूरा

तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज (शुक्रबार)बाट १४ वर्ष पूरा भएको छ। २०६३ मंसीर ५ गते आजकै दिन सरकारका तर्फवाट तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र विद्रोहीका तर्फवाट तत्कालिन माओवादीका अध्यक्ष ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए। सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्दको औपचारीक अन्त्य भएको थियो। सोही सम्झौताको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भएको थियो। राजतन्त्रको अन्त्यसँगै नेपालमा संविधानसभामार्फत नयाँ लोकतान्त्रिक संविधान जारी भएको थियो। विस्तृत शान्ति… पुरा पढौ