देश

आज नेपाल–बंगलादेशको दोस्रो मैत्रीपूर्ण फुटबल खेल

नेपाल–बंगलादेशबीच आज (मंगलबार) दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। बंगलादेशले दुई खेल खेल्नका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले सो प्रस्ताव स्वीकार गर्दै खेल खेल्नका लागि बंगलादेश गएको हो। गत शुक्रबार (कार्तिक २८ गते) सम्पन्न भएको पहिलो खेलमा २–० को हार व्यहोरेको नेपालले आजको दोस्रो खेलमा भने जित निकाल्ने दाउमा हुनेछ। कोभिडका कारण दुई साताभन्दा पनि कम समयको तयारीपछि नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको हो। नेपालले दुई वर्ष अगाडि सन् २०१८ को साफ च्याम्पियनमा बंगलादेशलाई आज हुने खेल मैदानमै… पुरा पढौ

भाईटीका कता फर्केर लगाउने ?

नेपालीको दोश्रो ठूलो चाडको मुख्य दिन आज भाईटीका लगाईंदैछ । भाईटीका लगाउँदापनि लगाईदिने र लगाईमाग्ने व्यक्ति कता फर्किने भन्ने ख्याल गर्नुपर्छ । भाईटीका थाप्ने व्यक्तिले चन्द्रमालाई अगाडि वा दायाँ तिर पार्नुपर्छ । भाईटीका लगाउँदा लगाईदिने व्यक्ति पूर्व फर्किनुपर्छ भने लगाईमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्छ । आजको दिन चन्द्रमा उत्तर हुने भएकाले लगाईमाग्ने व्यक्तिको दायामा चन्द्रमा पर्नेछ । सबै शुभ कार्यमा चन्द्रमालाई अगाडि वा दाया पार्नुपर्छ भन्ने शास्त्रीय चलन रहेको छ । चन्द्रमा वृश्चिक राशीमा रहेकाले अहिले चन्द्रमा उत्तर दिशामा रहेकाले टीका… पुरा पढौ

भाईटीका भोलि, उत्तम साइत विहान ११ः३७ बजे

नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीका भोलि सोमबार मनाईदैछ । भाईटीकाको मुख्य साईत भने सोमबार विहान ११ः३७ बजे रहेको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो । राज्य संचालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु भएको छ। त्यस दिनदेखि यमदीप दान… पुरा पढौ

के हो नेवारी समुदायको म्हः पूजा पर्व ?

नेवार समुदायले आज (आइतबार) र भोलि (सोमबार) म्हः पूजा मनाउँदै छन्। यस समुदायमा आत्मा नै सबैभन्दा ठूलो हो र महत्वपूर्ण भन्ने मान्यताअनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो। नेवारी समूदायमा आजको दिन म्हःपूजा भनेर धुमधामकासाथ मनाउने चलन छ। नेवारी समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ ।  नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ। म्हः को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ। यसअर्थमा म्हः पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो। आजको दिन… पुरा पढौ

आज तिहारको तेस्रो दिन : गाई, गोरु र गोबद्र्धनको पूजाआजा

आज (आइतबार), यमपञ्चक अर्थात तिहारको तेस्रो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने… पुरा पढौ

देशैभर दीपावलीका साथै महालक्ष्मीको पूजा आराधना गरिँदै

कार्तिक २९ पोखरा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज साँझ देशैभर दीपावलीका साथै धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिएको छ । तिहारको दोस्रो दिन आज हिन्दू धर्मावलम्बीहरुले बिहान कुुकुर तिहार र साँझ दीपावलीका साथै धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरेका हुन । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी… पुरा पढौ

शनिबार २५०३ डिस्चार्ज, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२१५ पुग्यो

कार्तिक २९ पोखरा । नेपालमा हालसम्म एक लाख ७० हजार बढी कोरोना संक्रमित संक्रमण मुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधीमा थप एक हजार नौ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण हुनेको संख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ । यस्तै पछिल्लो… पुरा पढौ

हराउँदै नर्के स्नानको मौलिकता

कात्तिक कृष्ण चतुर्दशी ९नरक चतुर्दशी० का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान९नर्के स्नान०को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ । नेपालीको महान चाड तिहारको दोस्रो दिन कुकुर तिहारका दिन यहाँका प्राकृतिक जलाशयमा झण्डै डेढ दशक अघिसम्म नर्के स्नान गर्नेका कारण जलाशय परिसरमा सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । नरक चतुर्दशीका दिन बिहान सबैरै उठेर कसैसँग नबोली पानीका पँधेरा तथा कुवामा गई नुहाएर दीपदान गरेमा सम्पूर्ण पापबाट मुक्त हुने धार्मिक जनविश्वासका कारण पनि नर्के स्नानलाई… पुरा पढौ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज (शनिबार) १ सय १२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो। दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो। नेपाली साहित्यमा देवकोटा… पुरा पढौ

मंसीरमा भाइटीका लगाउन हुन्छ, हल्लाका पछि नलागौँ – पञ्चाङ्ग निर्णायक समिति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसीर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउन हुने दाबी गरेको छ । मंसीरमा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउत हुँदैन भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको समितिले जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गरी मंसीर १५ गतेसम्म चन्द्रमास अनुसार कार्तिक शुक्लपक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन्। वैदिक सनातन हिन्दू धर्मावलम्बीले चन्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन्। मंसीर १५ गतेसम्म कार्तिक शुक्लपक्ष भएकैले विवाहको लग्न… पुरा पढौ