देश

दशैँको समयमा बाढी पीडितलाई राहत

कैलालीको भजनी–८ का बाढी पीडितलाई निड्स नेपालको सहयोगमा प्राप्त भएको राहत वितरण गर्दै भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी । ८ नं वडाका ४७६ बाढी प्रभातित परिवारलाई खाद्यान्न र लुगाकपडा वितरण गरिएको हो । तस्वीर ः दुर्गा देवकोटा, रासस पुरा पढौ

प्रधानमन्त्री रोजगार कार्यक्रम सूचीकृतको संख्यामा वृद्धि

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार व्यवस्थापन सूचना प्रणाली ९ईएमआईएस० मा सूचीकृत भएका छन् । गत वर्ष एक हजार एक सय दुई जना सूचीकृत भएकामा यस वर्ष उक्त संख्या बढेर एक हजार छ सय ७७ पुगेको छ। सूचीकृत हुनेमा छ सय १३ महिला तथा एक हजार ६२ पुरुष रहेका छन् । दशरथचन्द नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीका अनुसार सूचीकृत भएका सबैको नाम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । चालु आर्थिक वर्ष… पुरा पढौ

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ ।तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिनुभयो । ‘पूर्वाधारहरु छन् ’, प्रदेशसभा सदस्य… पुरा पढौ

पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष भट्टराई दम्पतीलाई कोरोना संक्रमण

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषदकाअध्यक्ष डा.बाबुराम भट्टराई दम्पतीलाई नै कोरोना संक्रमण भएको छ । पूर्व प्रधानमन्त्री डा.भट्टराई र उनकी श्रीमती जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीलाई कोरोना संक्रमण भएको हो । डा. भट्टराईले सामाजिक सञ्जाल फेसवुकमा आज विहान स्टाटस लेख्दै आफू र आफ्नी श्रीमती हिसिलालाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् । उनले चिकित्सकको सल्लाह अनुसार आफूहरु दुबैजना होम आइसोलेसनमा बसेको बताएका छन् । साथै उनले आफूसँग सम्पर्कमा रहेकालाई विशेष सतर्कता अप्नाउन आग्रह गरेका छन् । पुरा पढौ

दशैंको टीकाको उत्तम साईत पूर्वाह्न १० बजेर १९ मिनेटमा

नेपालीको महान चाड बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा लगाईने टीकाको उत्तम साईत १० बजेर १९ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ । यस वर्ष बडादशैंको मुख्य दिन बिजयादशमी कात्तिक १० गते परेको छ । कात्तिक १० गते पूर्वाह्न १० बजेर १९ मिनेटमा टीकाको शुभ साईत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए । उनका अनुसार टीकाकै दिन पूर्वाह्न १० बजेर ११ मिनेटमा देवी विसर्जनको उत्तम साईत रहेको छ ।विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि पूर्वाह्न… पुरा पढौ

विपन्न नागरिक भन्छन् ः दशैँ कसरी टार्ने ?

टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कनुभयो । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै हुनुहन्थ्यो । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भन्नुभयो, ‘‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर प¥यो, पछि पल्लो घरकी दिदीले धान दिनुभो ।… पुरा पढौ

कैदीबन्दीलाई खसी

कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशँैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताउनुभयो । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गर्नुभएको छ । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन्… पुरा पढौ

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन… पुरा पढौ

बडादसैँको आज आठौँ दिन, महाअष्टमी पर्व मनाइँदै

बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ । यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी,… पुरा पढौ

मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन परम्परालाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ । कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशनसमेतलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।प्राचीन प्रचलनअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी९फूलपाती०का दिन मन्दिरका मगर पुजारीका व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवालगायत स्थानबाट फूलपाती ल्याउने प्रचलन छ । यसरी फूलपाती भित्र्याउँदा समाज… पुरा पढौ