देश

आहा ! रारा गोल्डकपको ट्रफी यस वर्षपनि वेलायतबाटै आउने

आहा ! रारा गोल्ड कप को १९ औं संस्करणमा पनि वेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफी ज्ञफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदानगरीने ट्रफी आउने भएको छ । १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्टहुने खेलाडीलाई, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाईप्रदान गरिने आकर्षक ट्रफी आउने भएको सहारा क्लवले जनाएको छ । सहारा यूकेको सहयोगमा उक्त ट्रफी प्राप्त हुने भएको हो । त्यसैगरी विजेता तथा… पुरा पढौ

फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतीलाई सिफारिस

काठमाण्डौं । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै परेको रिटमा फागुन ११ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको थियो । सर्वाेच्चले १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन सरकारलाई परमाधेश जारी गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्रै राष्ट्रपति भण्डारीसँग यस विषयमा… पुरा पढौ

कास्कीका प्रमुख जिल्ला अधिकारी ढकालको सरुवा, कास्कीमा थानेश्वर गौतम आउने

पोखरा । जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको सरुवा भएको छ । ढकाललाई जिल्ला प्रसासन कार्यालय धादिङमा सरुवा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ । शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयबाट कास्कीको प्रमुख जिल्ला अधिकारीमा थानेश्वर गौतमलाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । कास्कीको प्रमुख जिल्ला अधिकारी भएर आउन लागेको गौतम यसअघि गृहमन्त्रालय सिंहदरवारमा कार्यरत थिए । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गोरखाबाट तीर्थराज भट्टराईलाई महोत्तरीमा, बाग्लुङ्का सुरेश न्यौपानेलाई सिन्धुली , सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाराका प्रजिअ… पुरा पढौ

लैंगिक हिंसा बढ्यो, रोक्ने कानून कहाँ छ ? : सांसद भट्टराई

कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य (सांसद) विद्या भट्टराई अधिकारीले नेपालमा लैंगिक हिंसा बढेको बताएकी छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको कार्यालय भवनको उद्घाटन शत्रमा बोल्दै उनले नेपालमा पछिल्लो क्रममा लैंगिक हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेकी हुन् । लैंगिक हिंसा बढिरहेको छ,उनले भनिन्,‘यसलाई रोक्ने कानून कहाँ छ ? रोक्न किन सकिएन ? कहाँ त्रुटी रह्यो ? भन्नेबारे खोजी गर्नुपर्छ ।’ त्यसका लागि पत्रकारले खोजमूलक पत्रकारिता गर्नुपर्ने उनको भनाई थियो । सांसद भट्टराईले समाज अपराधतर्फ उन्मुख भएकोसमेत बताइन्… पुरा पढौ

प्रमुख सचेतक देव गुरुङलाई हटाएर भट्टराई नियुक्त

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् ।गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपा विभाजन भएपछि प्रचण्ड माधव पक्षले संसदीय दलको नेतामा… पुरा पढौ

पत्रकार महासंघ गण्डकी प्रदेशको कार्यालय भवन उद्घाटन

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो छुट्टै कार्यालय भवन निर्माण गरेको छ । महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ कास्कीको भवनमा तला थपेर आफ्नो छुट्टै कार्यालय भवन निर्माण गरेको हो । भवनको शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे । महासंघ गण्डकी प्रदेशले बनाएको कार्यालय भवनमा एउटा प्रेस कन्फरेन्स हलसहित ३ ३ वटा कोठा रहेका छन् । जुन निर्माण गर्न ३५ लाख रुपैयाँ लागेको अध्यक्ष त्रिभूवन पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारको… पुरा पढौ

रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता गर्ने

कास्कीको रुपा गाउँपालिकाले खेलकुदको गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ । रुपा गाउँपालिकाले भलिबल प्रतियोगिता, झाँकी प्रतियोगिता, माला प्रतियोगितालगायतका कार्यक्रम गर्दै चौथो स्थापना दिवस मनाउने पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । फागुन २४ गतेदेखि हुने प्रतियोगिता फागुन २७ गतेसम्म हुने जनाइएको छ । प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । प्रतियोगिताको उपाधि बिजेतालाई ८०… पुरा पढौ

तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौँ। काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिए । यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा,… पुरा पढौ

५०० ले घट्यो पहेंलो धातुको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो । यसै… पुरा पढौ

अभिनेत्री मिथिला शर्मालाई लालबहादुर–चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार

अभिनेत्री मिथिला शर्मालाई लालबहादुर–चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार प्रदान गरिने भएको छ। संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित उक्त पुरस्कार नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रसिद्ध नृत्यकलाकार तथा अभिनेत्री शर्मालाई प्रदान गरिने भएको हो। केन्द्रको बुधबार बसेको बैठकले यस वर्ष उक्त पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो। प्रत्येक २/२ वर्षमा उक्त पुरस्कार प्रदान गरिदै आएको छ। केन्द्रका संस्थापक अध्यक्ष स्व.लालबहादुर ढेवाजूको स्मृतिमा धर्मपत्नी चण्डेश्वरी ढेवाजूले २०५५ सालमा एक अक्षयकोष खडा गरी लालबहादुर ढेवाजू स्मृति संगीत पुरस्कार संचालन गर्ने… पुरा पढौ