देश

फेवातालको गहिराई बढाउन आजदेखि माटो निकालिदै

नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराई बढाइने भएको छ । फेवा बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर सोमबारदेखि फेवातालको गहिराई बढाउन शुरु गरिने भएको हो । यसअघी बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । नागरिक स्तरबाट आवाज उठेसँगै संघसंस्थाले दवाब बढाएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालयलगायतका सरोकारवालाहरुको बैठकले फेवातालबाट माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्ने निर्णय गरेको हो… पुरा पढौ

आवश्यकता पर्यो भने प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी “हिमाल”ले आवश्यकता प¥यो भने प्रदेशको नाम दुई तिहाइले फेर्न सकिने बताएका छन् । नेपाल मगर संघको ३९ औं स्थापना दिवसका अवसरमा मगर संघ, कास्कीले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभामुख अधिकारीले प्रदेशको नामाङ्कनका सन्दर्भमा मगर समुदायको भावना समेट्न नसकिएको भन्दै दुःख व्यक्त गरे । असन्तुष्टिका बीच साझा पहिचान खोज्ने क्रममा प्रदेशको नाम “गण्डकी” राखिएको भन्दै उनले पहिचानका आधारमा भन्दा पनि भौगोलिक र प्राकृतिक आधारमा प्रदेशको नाम राखिएको स्पष्ट पारे ।सभामुख अधिकारीले भने, “मलाई के… पुरा पढौ

भागरथी हत्या काण्डका आरोपितको डिएनए परीक्षण गरिँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ । डिएनए परीक्षणका लागि रगत लगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो । डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन… पुरा पढौ

रविन्द्र अधिकारी सबैको मनमा बस्न सफल नेता : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्वर्गीय रविन्द्र अधिकारी सवै जनताको लोकप्रिय नेता भएको वताएका छन । स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारि रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले हरिहर गुफा सन्यास आश्रममा आयोजित सहयोग सामाग्री वितरण कार्यक्रममा वोल्दै मन्त्री गुरुङले राजनिती गर्नु ठूलो कुरा नभइ राजनिती गर्दै गर्दा जनताको मन जित्नु ठूलो कुरा भएको र त्यस्तो गुण स्वर्गीय रविन्द्र अधिकारीमा मात्र भएको वताए । मन्त्री गुरुङले सवैले राजनितिमा लागेर चुनाव जितेर सांसद र मन्त्री हुदैमा… पुरा पढौ

प्रधानमन्त्री ओलीले भोलि पोखरा रंगशालाको अवलोकन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने भएका छन् । गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउन लागेका नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यहि मौका पारेर पोखरा रंगशालाको अवलोकन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार दिउँसो पोखरा रंगशालाको अवलोकन गर्ने कार्यतालिका तय भएको राखेप सदस्य तथा प्रधानमन्त्री ओली निकट राजेशकुमार गुरुङले बताए । उनका अनुसार प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मन्तव्य राखेर सिधै रंगशाला पुग्नेछन् । त्यहाँ उनले भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हलहुँदै… पुरा पढौ

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताए ।उनले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै पनि अनियमितता र अराजकता… पुरा पढौ

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौंँ। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव… पुरा पढौ

तोलामा ५०० ले घट्यो पहेँलो धातुको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको… पुरा पढौ

‘जोमसोमै बजार’ गीतका रचनाकार तथा संगीतकार विश्व थकालीको निधन

सुपरहिट गीत ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ गीतका गीतकार तथा संगीतकार विश्व थकालीको निधन भएको छ । सो गीतका रचनाकार तथा संगीतकार थकालीको शनिबार ह््रदयघातबाट निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका थकालीको शनिबार पूर्वाह्न ११ बजे ह््रदयघातका कारण निधन भएको हो । पुरा पढौ

जेल ब्रेकर राजु क्षेत्री असहाय : बालकहरुको सहारा बन्दै

आमा मानसिक सन्तुलन गुमाएकी । बुबा सानैमा बिते । ३ छोरा र १ छोरी मध्ये सबैभन्दा जेठी दिदी विवाह भएर गइन् । १३ वर्षिय छोरा मानसिक सन्तुलन गुमाएर घरमै छन् । ९ वर्षिय र ५ वर्षिय नाबालक २ छोरा बिचल्लीमा छन् । यो बागलुङ जिल्लाको विकट क्षेत्र मानिने बडिगाड गाउँपालिका वडा नम्बर २ को टोपबहादुर विकको परिवारको पीडा हो । आर्थिक अवस्था कमजोर रहेका ती २ नाबालक विद्यालय जानबाटसमेत बञ्चित छन् । रेखदेख गर्ने बुबा सानैमा बिते । आमा आफै… पुरा पढौ