देश

रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु

काठमाडौँ। स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ । रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज… पुरा पढौ

१० नेपालीले के टू हिमालको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए

पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेर १० जना नेपाली आरोहीहरुको समूहले विश्व कीर्तिमान बनाएका छन्। अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन। सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा ५ बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। ८ हजार ६ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक… पुरा पढौ

प्रधानमन्त्री ओलीको प्रश्न : “मैले हँसाएँ भनेर किन पीर ?”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले… पुरा पढौ

विश्वकै उत्कृष्ट होटलमा मेरियट काठमाडौं !

अमेरिकी चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलको रुपमा छानिएको छ । ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलर्स च्वाइस अवार्ड’ नेपालमा रहेको मेरियट काठमाडौंलाई प्रदान गरेसँगै विश्वको उत्कृष्ट होटलका रुपमा छानिएको हो । ट्रिप एडभाइजरले विश्वभर रहेका पर्यटकीय गन्तव्य र होटलबारे समीक्षा प्रकाशन गर्दै आएको छ। उसले लाखौं पर्यटकले गरेको समीक्षा, रेटिङ, सुरक्षा जस्ता विषयलाई आधार बनाएर उत्कृष्ट होटल छनौट गर्दै आएको खबर राजधानी दैनिकमा छापिएको छ। काठमाडौंको नागपोखरीमा १३ रोपनी क्षेत्रफलमा फैलिएको होटल १३ तलाको भवनमा रहेको छ। जहाँ… पुरा पढौ

देशभरका पालिकाहरुमा आज काँग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसले आज (शनिबार) देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि, काँग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ। पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्। सभापति देउवाले शुक्रबार विज्ञप्तिमा लेखेका छन्, ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकूल,… पुरा पढौ

प्रधानसेनापति ट्रफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

गएको पुस ११ गतेदेखि शुरु ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७७ को विजेतालाई पुरस्कार वितरण गरिएको छ। जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विशेष समारोहबीच विजेतालाई पुरस्कार वितरण गरेका हुन्। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, शुटीङ र एथलेटिक्सका गरी ५ वटा विधा समावेश गरिएको थियो। यस्तै, आर्चरीलाई पहिलो पटक डेमोन्सट्रेशन खेलको रुपमा समावेश गरिएको थियो। समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री नं. १६ बाहिनी अड्डा, श्री मध्य पृतना हेडक्वाटर तथा श्री उतर–पश्चिम पृतना हेडक्वाटरलाई नगद तथा… पुरा पढौ

नेपालमा ४३०१ जना कोरोना भाइरस संक्रमित आइसोलेसनमा

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा तीनहजार ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० महिला र १८० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई ६६ हजार ८१६ पुगेको छ । सोही अवधीमा ३९० निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या दुई लाख ६० हजार ५६७ पुगेको छ । सोमध्य निको हुने… पुरा पढौ

नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’ लाई आपत्कालीन प्रयोगका लागिअनुमति

काठमाण्डौं । सरकारले कोभिड–१९ विरुद्धको नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । विभागको आज बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ… पुरा पढौ

भूकम्पको क्षतिलाई सरकारले बदलिरहेको र दत्तचित्त भएर पुनर्निर्माणलाई अन्तिम चरणमा पु¥याएको छःप्रम

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । उनले यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न गरिने बताए । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजित २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौँ।प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र हालको इजलास सक्षम भएको बताउनुभएको छ । “११ जनाको इजलासमा जाने कानूनी व्यवस्था छैन । संविधानले संवैधानिक इजलासकै परिकल्पना गरेको छ । पहिला ११ जना न्यायाधीशकै इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा हेरिएको थियोे । अहिले भने नयाँ संविधान आएको छ”, अदालतका सहयोगी मैनालीले भन्नुभयो । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधानले दिएको… पुरा पढौ