संसद विघटन भएलगत्तै बहालवाला ७ जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । प्रधानमन्त्री ओलीले संविधान बिपरित संसद विघटन गरेको भन्दै उनीहरुले आईतबार दिउँसो पत्रकार सम्मेलन गरेर राजिनामा दिएका हुन् । पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रधानमन्त्रीले गलत कदम चालेकाले राजिनामा दिएको बताएका छन् ।यसरी राजिनामा दिनेहरुमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, बनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वरराय यादव रहेका छन् ।
पुरा पढौ