देश

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

कार्तिक १९ चितवन । कोरोना संक्रमणबाट चितवनको भरपुर अस्पतालमा एक महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत पूर्वी चितवनको राप्ती नगरपालिका–१० घर भएकी ३९ वर्षिया महिलाको आज मृत्यु भएको अस्पताल प्रसासनले जानकारी दिएको छ । पुरा पढौ

अग्रज पत्रकार भण्डारीले जिते कोरोना

अग्रज पत्रकार राजु भण्डारीले कोरोनालाई परास्त गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)लाई पोखरेली पत्रकार भण्डारीले जितेर स्वस्थ भएका हुन् । उनले कोरोना संक्रमण भएको ५ हप्तापछि कोरोनालाई परास्त गर्न सफल भएको एभरेष्ट आवाजलाई जानकारी दिए । भण्डारीले बुधबार विहान आफ्नो रिपोर्ट नेगेटिभ आएको बताए । ‘तेश्रो पटकको परिक्षणमा रिपोर्ट बल्ल नेगेटिभ आयो’–उनले भने । शुरुमा सामान्य ज्वरो र त्यसपछि शरीर दुख्ने, टाउको दुख्नेलगायतका लक्षण देखिएपछि ३५ दिनअघि स्वाब दिदा कोरोना पुष्टि भएको थियो । पुरा पढौ

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा महरापत्नीका निधनमा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन्।आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । रासस पुरा पढौ

बौद्धबाट पक्राउ परे पुण्य

शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताएका छन् । गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस पुरा पढौ

कृषि मन्त्री थापा मगरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ । मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए । मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए । मन्त्री मगर अहिले निवासमै आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव खनालले जानकारी दिए । पुरा पढौ

जमुनालाई उत्कृष्ट टान पत्रकारिता पुरस्कार, महासंघलाई टानको सहयोग

पत्रकार जमुना वर्षा शर्मा ‘उत्कृष्ट टान पत्रकारिता पुरस्कार–२०७७’बाट पुरस्कृत भएकी छन् । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशनको उद्घाटन शत्रको अवसरमा शर्मा पुरस्कृत भएकी हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नगदसहित दोषल्ला र प्रमणपत्रले सम्मान गरे । पुरस्कृत शर्मा राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छिन् भने उनी प्रेस संगठन नेपालकी केन्द्रीय सदस्य हुन् । शर्मा सञ्चारिका समूह गण्डकी प्रदेशकी निवर्तमान अध्यक्षसमेत हुन् । यसैबीच, टान पश्चिमाञ्चललले… पुरा पढौ

सांसद केसीको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले आधा झण्डा झुकायो

नेपाली काँग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा पार्टीको झण्डा आधा झुकाएको छ। काँग्रेसले हिँजो (मंगलबार)देखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने छ। काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। बैठकले आज (बुधबार) केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ।स्व. केसी २०७४ को… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका लागि रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने बताइएको छ। राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ ) को मापदण्ड अनुरुप सञ्चालन गर्न पोखरा २७ को रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने भएको नेपाल टेलिभिजनको अनलाइनमा समाचार छ। समाचारमा पछिल्लो अध्ययन अनुसार आईकाओको स्टयाण्डर अनुसार वातावरणीय प्रभाव मुल्यांकन ईआइए गर्ने काम र विमानस्थलदेखि पूर्वतर्फको रिठ्ठेपानीको डाँडा ४० मिटर काट्ने काम आगामी मंसिरदेखि सुरु गरिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनिश मुनकर्मीले जानकारी गराएका… पुरा पढौ

भारतीय सेना प्रमुख जनरल नरवणे आज (बुधबार) नेपाल आउँदै

भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवणे बुधबार (आज) नेपाल आउँदैछन्। नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न प्रमुख जनरल नरवणे नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन्। सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एक–अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दज्र्यानी चिह्न लगाइसकेका… पुरा पढौ

पूर्व सभामुख महरालाई पत्नीशोक

पूर्व सभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । पूर्व सभामुख महराकी पत्नी सीता महराको आज विहान निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको महरा परिवारले जनाएको छ । माईस्थेनिया नामक रोगबाट ग्रसित उनलाई केहि दिनअघी कोरोना पोजिटिभ देखिएको थियो । कोरोना भएसँगै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई कात्तिक १४ गते काठमाडौं लगेर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वर्गिय महराका २ छोराहरु एटम र राहुल तथा २ छोरीहरु उन्नती, प्रगति रहेका छन् । स्वर्गिय महराका २… पुरा पढौ