देश

आगामी २० गतेसम्म नेकपा सचिवालय बैठक स्थगित

मंसिर १७ काठमाण्डौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक केही बेर अगाडी सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा केही बेरको छलफल पछि बैठक सकिएको हो । बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केही बेर अनौपचारिक रुपमा बैठकमा बसेका थिए । नेकपाको अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने तय भएका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी… पुरा पढौ

नेकपा सचिवालय बैठक अध्यक्ष ओली बिनै सुरु

मंसिर १७ काठमाडौं । सत्तारुढ नेकपा सचिवालय बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै सुरु भएको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो १ बजेका लागि तय गरेको बैठकमा प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष ओली साढे २ बजेसम्म पनि उपस्थित नभएपछि केही बेर अगाडी बैठक सुरु भएको हो । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुृर थापा लगायत सचिवालयका ८ नेता सहभागी छन् । दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताताको कारण २ बजेका… पुरा पढौ

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचाररत उहाँलाई मङ्सिर १३… पुरा पढौ

एक महिनाभित्रै कक्षा १२ को परीक्षाफल

मंसिर १७ पोखरा । कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिसकेकाले एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने जनाएको । बोर्डले विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुन नदिनका लागि एक हप्ताभित्र उत्तरपुस्तिका परीक्षण पुरा गर्ने तयारी गरेको छ । कोरोनाका कारण परीक्षार्थीले यस पटक आफुले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका हुन् भने उत्तरपुस्तिका परीक्षणपनि विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ… पुरा पढौ

सचिवालय बैठकमा ओलीपनि सहभागि हुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागि हुने भएका छन् । विहानसम्म बैठकमा सहभागि नहुने अडानमा रहेका ओली अन्ततः बैठकमा सहभागि हुन सहमत भएका हुन् । आफू पक्षिय नेताहरुसँगको परामर्शमा बैठकमा सहभागि नहुँदा म्यासेज नराम्रो जाने भन्दै सम्झाएपछि ओली बैठकमा सहभागि हुन तयार भएका हुन् । यसअघी मंगलबारको बैठकमा चर्काचर्की भएपछि पुनः बुधबार बस्नेगरी प्रचण्डले मंगलबारको बैठक स्थगित गरेका थिए । लगत्तै ओलीले यस्तो बैठकको के काम ? भन्दै बैठकमा सहभागि नहुने जनाउ… पुरा पढौ

ओलीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्नपनि दिन्नँ’ भन्दा प्रचण्ड मुसुमुसु हाँसिरहे, ओली थप कड्किए

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबारको सचिवालय बैठकमा अनौठो घट्ना घट्यो । सदाझैं प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार आफूपनि नगर्ने र अरुलाईपनि गर्न नदिने बताईरहँदा आफ्नै पार्टीका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाँसेर उडाई दिएका छन् । बैठकको शुरुमै प्रधानमन्त्री ओलीले आफूमाथि भ्रष्टाचारको आरोप लगाएर अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने बताए । उनले प्रचण्डले आफूमाथि लगाएको आरोप झूठको पुलिन्दा मात्र भएकाले पार्टी भित्र छलफल गर्नुको औचित्य नभएकाले फिर्ता लिन आग्रह गर्छु भने । उनले अगाडि… पुरा पढौ

मध्यपहाडी लोकमार्गको नयाँपुल–मालढुंगा सडकखण्डमा कालोपत्रै बिछाउन सुरु

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत नयाँपुल–मालढुंगा कालोपत्रे गर्ने काम सुरु भएको छ। कोरोना संक्रमणको सन्त्रासका कारण रोकिएको कालोपत्रे बिछाउने काम ८ महिनापछि पुन: सुचारु भएको हो। पर्वत खण्डमा पर्ने कास्कीको नयाँपुलदेखि मालढुंगासम्मको २४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न थालिएको हो। जाडो नबढेसम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिछाउने काम सकिनेछ । पर्वत खण्डमा पर्ने पातीचौर र कुस्मा बजारभित्र ४ लेन र अन्य खण्डमा दुई लेनमा सडक बिस्तार हुँदैछ। निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर… पुरा पढौ

वरिष्ठ गायक जगतमर्दन थापाको अवस्था गम्भीर

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत वरिष्ठ गायक जगतमर्दन थापाको अवस्था गम्भीर बनेको छ । काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा २४ दिनदेखि सोहि अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको हो । थापाको अवस्था गम्भीर बनेपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । ८५ वर्षीय गायक थापा कोरोना मुक्त भएर घर फर्केपनि छातीमा समस्या भएपछि पुनः अस्पताल भर्ना भएका हुन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको अस्पताल श्रोतको भनाई छ । यसैबीच, लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमीले सर्जक थापाको… पुरा पढौ

२ हजार ७३ जनामा कोरोनामुक्त, १ हजार ३०४ सङ्क्रमित थपिए

मंसिर १६ काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७३ जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख १६ हजार पाँच सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सहित हालसम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेको छ । आठ हजार पाँच सय ८३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो ।… पुरा पढौ

त्रिवि अन्तर्गतका स्कुल तथा क्याम्पसहरुमा पढाई सञ्चालन गर्ने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफू मातहतका स्कुल तथा क्याम्पसहरुमा अध्ययन÷अध्यापन सञ्चालन गर्ने निर्ण गरेको छ । त्रिवि कार्यकारिणी परिषदको बैठकले आफू मातहतका सबै स्कुल तथा क्याम्पसहरुमा नियमित रुपमा अध्ययन÷अध्यापन गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिनादेखि अध्ययन÷अध्यापन रोकिएको थियो । सो रोकिएको अध्ययन÷अध्यापनलाई निरन्तरता दिने निर्णय भएको त्रिविका रेक्टर प्रा।डा। शिवलाल भुसालले बताए । ‘त्रिवि परिषदले स्कुल तथा क्याम्पसहरु सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र… पुरा पढौ