विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेता, कार्यकर्ता तथा पत्रकारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीवस्तीस्थित सुकुम्वासी बस्तीमा आयोजना गरेको जनसभा स्थलबाट नेकपाका कार्यकर्ताहरु कुमार परियार, यामप्रसाद भटराई, कालीबहादुर पाण्डे र विशाल श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले नेकपाका कार्यकर्ता भनेर पत्रकार राजकुमार घिमिरेलाईपनि पक्राउ गरेको छ । घिमिरे सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि तथा पोखरापाटी डटकमका सञ्चालक हुन् । घिमिरेलाई यसअघि…
पुरा पढौ