देश

फाल्गुनन्द जयन्तीमा राष्ट्रपति भण्डारीले दिइन् शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका संपूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने शुभकामनामा जनाएकी छन्। राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी… पुरा पढौ

काठमाण्डौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्सेमा पाकानोन र चियानी उत्कृष्ट

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसीपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी घोषित भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। च्याम्पियनसीपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए। चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन्। उनीहरू अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएका हुन्। उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही एक सय अमेरिकी डलर पुरस्कार पाउने छन्। पुरुषतर्फको पुरस्कारको प्रायोजन एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका संस्थापक रविनकुमार नाल्बोले गरेका छन्। यस्तै,… पुरा पढौ

नेपालगञ्ज म्याराथनबाट नेपालमा खेलकुद फर्कदैं, विजेताले टोकियो ओलम्पिकमा सहभागिता जनाउने

लकडाउनपछिको करिब ८ महिनापछि नेपालगञ्ज म्याराथनबाट नेपालमा खेलकुद फर्कदैंछ। आगामी मंसीरको ६ गते छैटौं संस्करणको नेपालगञ्ज म्याराथन हुने भएको हो। नेपालगञ्ज म्याराथनका लागि नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त राष्ट्रिय खेलकुद परिषद् राखेपले स्वीकृति दिइसकेको छ। क्रिएटिभ ह्यान्डसले पत्रकार सम्मेलन गरेर मंसिर ६ गते नेपालगन्ज म्याराथन हुने जनाएको हो। नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले सन् २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउन पाउनेछ। यसले खेलाडीमा उत्सुकता थपिएको छ भने लकडाउनपछि खेलकुद गतिविधि नेपालगन्जबाटै सुरु हुने भएको छ। नेपाल ओलम्पिक कमिटी… पुरा पढौ

सरकारले कोरोना परीक्षण र उपचार निःशूल्क गर्ने

कार्तिक २५ काठमाण्डौं । सरकारले सबै नागरिकको कोरोना परिक्षण र उपचार निःशूल्क गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशूल्क उपचार र सरकारी प्रयोगशालाबाट निःशूल्क परीक्षण गर्ने निर्णय गरेको हो । यसअघि निश्चित वर्गको मात्रै परीक्षण तथा उपचार निःशूल्क गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि सरकार आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पताल र प्रयोशालाबाट निःशूल्क उपचार र परीक्षण गर्ने निर्णयमा पुगेको हो । यस्तै सरकारले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट परराष्ट्र मन्त्रालयको… पुरा पढौ

सांसद बराल भन्छन् : ‘नीति, विधि र उद्धेश्य अनुरुप पार्टीले अगाडि बढ्ने आँट गरोस्’

नेकपा नेता तथा गण्डकी प्रदेश सभा सदस्य रामजी बराल ‘जीवन’ले नेकपाले नीति, विधि र उद्धेश्य अनुरुप अगाडि बढ्ने आँट गर्नुपर्ने बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै गण्डकी प्रदेश सांसदसमेत रहेका नेकपा गण्डकी प्रदेश कमिटी सदस्य बरालले पार्टीले आफ्नो नीति, विधि र लक्ष्य समात्नुपर्ने बताएका हुन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति लक्षित असन्तुष्टी स्वरुप कार्यकर्ताको माग भन्दै उनले स्टाटसमा लेखेका छन्,‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो नीति, विधि र र उद्धेश्य अनुरुप अगाडि… पुरा पढौ

झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् । सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पु¥याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ । ती युवतीलाई स्टेज… पुरा पढौ

कोरोना सङ्क्रमितको हेलिकप्टर मार्फत उद्दार

धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौं लगिएको छ । यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिनुभयो । उहाँलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो । --- पुरा पढौ

लुटपाट गर्ने तीन पक्राउ

प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी लुटपाटमा संलग्न बेदकोट नगरपालिका–१ का २८ वर्षीय केदार विष्ट, बेदकोट–२ का २२ वर्षीय पारसमणी जोशी र कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दीपक भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले पक्राउ परेका युवा समूहबाट एक थान पेस्तोल, दुई राउण्ड गोली, रु तीन लाख नगद र चार थान मोबाइल… पुरा पढौ

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान शुरु गरिएको हो । छोरीको जन्म मिति विसं २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता विसं. २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान… पुरा पढौ

गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिनुभयो । डा. केसीका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई रु पाँच करोड २७ लाख ७३ हजार जोखिम… पुरा पढौ