देश

पोखरा स्पोर्टस् अवार्ड वैशाख १८ मा हुने

पोखरा, २८ पुस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका विधाहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड,… पुरा पढौ

गण्डकी र कोशी प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने समझदारी

सन्देश श्रेष्ठपोखरा, पुस २८ गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने समझदारी भएको छ । पर्यटनको राजधानी पोखरामा सोमबार दुई प्रदेशबीच पर्यटनमा सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.ईन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ । सम्झौतापत्रमा… पुरा पढौ

राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले राष्ट्रियसभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया ९बौद्ध पगौडा० को अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनःनिर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रपरिषद्ले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास… पुरा पढौ

पार्टीमा एकताका साथ अगाडि बढ्न कावा सभापति खड्काको आग्रह

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा उनले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरे । कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरे । “अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ । अन्योल र अनिश्चितताको… पुरा पढौ

गण्डकीमा महिला मतदाता बढी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको मतदाताको सङ्ख्या नौ लाख १४ हजार ५३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । जिल्लागत रूपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । गोरखामा… पुरा पढौ

महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण

शिशिर उजाडपोखरा तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतना मुलक कार्यक्रममा १० थान डष्टविन र प्यान,गार्वेज प्लाष्टिक, कुचो झाडु, ग्लोब्स् र मास्कलगायतका सामाग्री फोहोर मुक्त वातावरण अभियानका संयोजक श्यामसुन्दर आचार्य र सचिव बोधराज आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।सो अवसरमा संयोजक आचार्यले विद्यालयको वातावरण स्वस्थ राख्न समाज प्रदुषण रहित हुनुपर्नेमा जोड दिए… पुरा पढौ

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशन प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गरेका छन् । प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि कानुन व्यवसायी एवं महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन… पुरा पढौ

विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, मेयर आचार्यद्वारा अक्षयकोष स्थापना

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहको अवसरमा १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। आफ्ना बुबा र भाइ शिवराजले अध्ययन गरेको र उनीहरूको सम्मान स्वरुप अक्षयकोष स्थापना गरेको मेयर आचार्यले बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सबै पक्षको सहकार्यबाट मात्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने उदाहरण यस विद्यालयले पुष्टि गरेको बताए। उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण… पुरा पढौ

शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान

पोखरा, पुस २७ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ ।नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा दिन नसकेको अवस्थाप्रति शिक्षक महासङ्घले विशेष ध्यान दिनुपर्ने धारणा राखे । विद्यालयको प्रधानाध्यापकले असल नेतृत्व दिन सक्दा विद्यालयको गुणस्तर राम्रो हुने सोचले महानगरले प्रधानाध्यापकका लागि केही मात्रामा भए पनि प्रोत्साहन रकम प्रदान गरेको आचार्यले बताए ।शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका… पुरा पढौ

कम्युनिष्टमुक्त कांग्रेस बनाउन शर्माको अपिल

पुस २७ नेपाली कांग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले कम्युनिष्टमुक्त कांग्रेस बनाउन अपिल गरेका छन् । हिन्दू राज्य र संवैधानिक राजसंस्थाको वकालत गर्दै आएका गण्डकी सभापती शर्माले कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस सुध्रिनुपर्ने बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको विरासत फर्काउनुपर्नेमा जोड दिएका हुन् । कांग्रेस सुधारका लागि विरासतमा फर्कनु पर्छ,उनले भने,ुआफ्नो बिरासत बिर्सिएर कम्युनिस्टहरूको पछि लाग्दासम्म कांग्रेस सुध्रिदैन र मुलुक पनि बन्दैन । उनले कांग्रेसले अहिले कम्युनिस्टको मुद्दा बोकेर हिँडिरहेको आरोप लगाए । कम्युनिस्टसँग… पुरा पढौ