देश

कांग्रेसभित्रको एकता जोगाउन सभापति देउवा लचक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । सभापति देउवाले महामन्त्रीद्वय थापा… पुरा पढौ

फागुन २१ को चुनाव गर्नु नै सरकारको प्रमुख म्याण्डेट हो : मन्त्री श्रेष्ठ

सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले आगामी फागुन २१ गते निर्वाचन गर्नु नै वर्तमान सरकारको प्रमुख म्याण्डेट भएको बताएकी छन् । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलबारदेखि पोखरामा शुरु भएको १४ औं पोखरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख म्याण्डेट भनेको फागुन २१ को चुनाव सक्सेसफूल रुपमा अर्गनाईज गर्नु हो ।’ त्यहि भएर सरकारले फागुन २१ को निर्वाचनलाई प्राथमिकताको केन्द्रमा राखेर काम गरिरहेको उनले प्रष्ट्याईन् । मन्त्री श्रेष्ठले… पुरा पढौ

नेपाली कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका सार्वजनिक (तालिका सहित)

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि काठमाण्डौंमा सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीकाअनुसार केन्द्रीय नेतृत्व निर्वाचनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ । सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता… पुरा पढौ

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ । गोरखनाथ तथा कालिका मन्दिरको प्रचारप्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा’ निस्किएको गौमाता सेवा महासङ्घका अध्यक्ष होमसिंह बस्यान्तले जानकारी दिए । उनका अनुसार गोरखामा धार्मिक तथा आन्तरिक पर्यटक वृद्धि गर्ने उद्देश्यले गएको तीन वर्षदेखि यहाँबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिँदै आएको छ । यहाँबाट निस्किएको खिचडी यात्रा आज भैरहवा पुग्ने र यही माघ १ गते गोरखपुर… पुरा पढौ

गण्डकीमा चुनावी गतिविधि बढ्दै,शुक्रबार सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

प्रतिनिधिसभा सदस्य चुनाव आउन मात्र ५१ दिन बाँकी छ । मतदानको दिन नजिकिएसँगै जिल्लाजिल्लामा चुनावी गतिविधि बढ्न थालेको छ । चुनावलाई लक्ष्य गरी राजनीतिक दलहरूले सक्रियता बढाएका छन् । निर्वाचन कार्यालयहरू उम्मेदवारको मनोनयन दर्तादेखि अन्य व्यवस्थापकीय तयारीमा जुटेका छन् । सुरक्षा निकाय चुनावी सुरक्षा योजना निर्माण र कार्यान्वयनमा केन्द्रित बनेको छ । प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले आगामी शुक्रबार सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने बताए । “निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचनसम्बन्धी सबै काम त्यहीँबाट… पुरा पढौ

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जना नेपालीको मृत्यु भएको छ। हिमाञ्चल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित एकै गाउँका ९ जनाको ज्यान गएको हो ।मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका २ टाकुराका दुई परिवारका हुन्। सिद्धकुमाख गाउँपालिका २ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यासको सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको हो। मृतकमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखा सराङ्कोटको २९औं वार्षिक साधारण सभा तथा अन्तर मावि वकृत्वकला प्रतियोगिता सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखा सराङ्कोटको २९औं वार्षिक साधारण सभा तथा माध्यमिक विद्यालय स्तरीय वकृत्वकला प्रतियोगिता यही २०८२ साल पुष २६ गते शनिबारका दिन एक समारोहबिच सम्पन्न भएको छ ।उपशाखा सभापति दामोदर तिमिल्सिनाको सभापतित्व तथा पोखरा १८ का जनप्रतिनिधि कल्पना ढकाल क्षेत्रीको प्रमुख आतिथ्यता एवम् जिल्ला कार्यसमिति सदस्य बविता सुवेदी र सूर्यप्रसाद तिमिल्सिना पालुवाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले सभापतिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षबाट पेश भएको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै सचिवद्वारा पेश भएको कुल ३‚९६‚३०० रुपैयाको… पुरा पढौ

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन,केन्द्रीय कार्यसमितिको बैठक १ बजे

नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहनुभएको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिईन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ ।यसैबिच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ ।बिहान ११ बजे बोलाईएको बैठक… पुरा पढौ

मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकीको उपाधी निश्चल र स्वेच्छालाई

पोखरा — बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो। विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा बि.क. ले उपाधि हात पार्न सफल भएका छन्। विजेताहरूले उपाधिसँगै निर्णायक मण्डल तथा दर्शकको प्रशंसा पनि बटुलेका थिए। त्यसैगरी प्रतियोगितामा फस्ट… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखाको वार्षिक साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखा सराङ्कोटको २९औं वार्षिक साधारण सभा तथा माध्यमिक विद्यालय स्तरीय वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उपशाखा सभापति दामोदर तिमिल्सिनाको सभापतित्व तथा पोखरा १८ का जनप्रतिनिधि कल्पना ढकाल क्षेत्रीको प्रमुख आतिथ्यता एवम् जिल्ला कार्यसमिति सदस्य बविता सुवेदी र सूर्यप्रसाद तिमिल्सिना पालुवाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले सभापतिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षबाट पेश भएको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै सचिवद्वारा पेश भएको कुल ३‚९६‚३०० रुपैयाको चालु वर्षको बजेट तथा कार्यक्रमहरू समेत अनुमोदन गरेको थियो… पुरा पढौ