पुस २७
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले कम्युनिष्टमुक्त कांग्रेस बनाउन अपिल गरेका छन् । हिन्दू राज्य र संवैधानिक राजसंस्थाको वकालत गर्दै आएका गण्डकी सभापती शर्माले कम्युनिष्टको एजेण्डा बोक्ने कांग्रेस सुध्रिनुपर्ने बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको विरासत फर्काउनुपर्नेमा जोड दिएका हुन् ।
कांग्रेस सुधारका लागि विरासतमा फर्कनु पर्छ,उनले भने,ुआफ्नो बिरासत बिर्सिएर कम्युनिस्टहरूको पछि लाग्दासम्म कांग्रेस सुध्रिदैन र मुलुक पनि बन्दैन । उनले कांग्रेसले अहिले कम्युनिस्टको मुद्दा बोकेर हिँडिरहेको आरोप लगाए । कम्युनिस्टसँग नटासिइँ एकपाइला पनि हिँड्न नसक्ने भएको छ कांग्रेस,उनले अगाडि थपे,अब कांग्रेसलाई कम्युनिस्टबाट मुक्त बनाउनुपर्ने भएको छ । चारतारे झण्डा लिएर एक्लै चुनावमा जान सक्ने कांग्रेस बनाउनुपर्ने भएको छ, यो अधिवेशनले कम्युनिस्टमुक्त कांग्रेस बनाओस् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






