देश

‘महिला उद्यमी बन्न अझै चुनौतिपूर्ण’

सन्देश श्रेष्ठपोखरा, पुस २३ पोखराका अगुवा उद्योगी व्यवसायीले महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बताएका छन् । राजनीतिक परिवर्तनसँगै शिक्षा र सचेतनामा फड्को मारे पनि समाज र परिवारमा व्यवहारिक परिवर्तन नहुँदा महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बुधबार महिला उद्यमी संघ नेपाल, कास्कीको दशौं साधारण सभा तथा छैटौं अधिवेशनमा बोल्ने वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै महिला सीप विकास तालिम केन्द्रकी प्रमुख रामकली खड्काले महिला उद्यमशीलता पहिले भन्दा केहि सहज भए पनि व्यवहारिक कठिनाई ज्यूँका त्यूँ रहेको बताईन् । भनिन्,‘पहिले भन्दा… पुरा पढौ

गण्डकीमा कांग्रेस एमालेको गठबन्धनको जित सुनिश्चित

सन्देश श्रेष्ठपोखरा, पुस २३ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशमा दुई सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट २ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट २जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । गण्डकी प्रदेशमा पुरुष र महिलातर्फ एक÷एक जनाको सिट खाली छ । दुबैतर्फ तीन÷तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जनाएको छ । देशैभर कांग्रेस र एमालेबीच गठबन्धन भए अनुसार गण्डकीमा… पुरा पढौ

चर्को विवादबीच कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ मा आह्वान (विज्ञप्ती सहित)

चर्को विवादका बीच नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेको हो ।काठमाण्डौंमा हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको जनाईएको छ । सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न १८ वटा उपसमिति गठन गरि संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन लगायतका विभिन्न उपसमिति गठन गरिएको हो ।पूर्वजिल्ला सभापति, पूर्व के।स। समन्वय… पुरा पढौ

पोखरा लेडी जेसिजले दियो व्यक्तित्व विकास तालिम

पोखरा लेडी जेसिजले नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई व्यक्तित्व विकास सम्वन्धि तालिम दिएको छ। वर्ष २०२६ का लागि चयन भएको कार्यसमितिलाई आत्मविश्वासी र नेतृत्व तहमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताईएको छ । तालिमको उद्घाटन गर्दै नेपाल तथा साउथ एसियाका पूर्व जनरल डाइरेक्टर, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा जेसिआई सिनेटर चाँदनी जोशीले महिलाहरू आत्मविश्वासी र सक्षम भए मात्र समाज समृद्ध बन्ने धारणा व्यक्त गरेकी थिइन् । उनले जेसिजले महिलालाई नेतृत्वमा ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूलाई निरन्तर… पुरा पढौ

तनहुँमा स्काभेटर र टिपरमा च्यापिएर मजदुरको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका १ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका ५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो । कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६(००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मङ्गलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएको जिल्ला प्रहरी… पुरा पढौ

पोखरा महानगरपालिकाले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष पिआइसीयू सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष ९पिआइसीयू० अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी… पुरा पढौ

स्पोर्टस समिटमा विश्वकप ट्रफि

नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा फेब्रवरीमा अबको ट्वान्टी ट्वान्टी विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफि नेपाल आइपुगेको हो । ट्रफि सोमबार पोखरा आइपुगेको हो र त्यसलाई स्पोर्टस समिटमा प्रदर्शन गरिएको हो ।त्यस समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । पोखरेली पत्रकार दीफेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रममा । कार्यत्रममा विशेषज्ञका… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा, पुस २२, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका… पुरा पढौ

पोखरामा विहीबारदेखि ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन हुँदै

सन्देश श्रेष्ठपोखरा, पुस २२ पोखरामा विहीबारदेखि नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन हुने भएको छ । पद्माप्रेम थिएटरको तेस्रो प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको यो नाटक पोखरा–४ गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा आउँदो विहीबारदेखि मञ्चन हुने आज पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडामा आधारित भएर तयार भएको यस नाटक पुस २४ गतेदेखि २७ गतेसम्म मञ्चन हुने पोखरा थिएटरका संस्थापक एवम् निर्देशक पञ्चसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार चार दिन मञ्चन… पुरा पढौ