पोखरा लेडी जेसिजले नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई व्यक्तित्व विकास सम्वन्धि तालिम दिएको छ।
वर्ष २०२६ का लागि चयन भएको कार्यसमितिलाई आत्मविश्वासी र नेतृत्व तहमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताईएको छ । तालिमको उद्घाटन गर्दै नेपाल तथा साउथ एसियाका पूर्व जनरल डाइरेक्टर, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा जेसिआई सिनेटर चाँदनी जोशीले महिलाहरू आत्मविश्वासी र सक्षम भए मात्र समाज समृद्ध बन्ने धारणा व्यक्त गरेकी थिइन् । उनले जेसिजले महिलालाई नेतृत्वमा ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूलाई निरन्तर सिकाइमा लागिरहन प्रेरित गरिन् ।
तालिमका प्रमुख प्रशिक्षक पोखरा लेडी जेसिजकी पूर्व अध्यक्ष मिनु कुँवर श्रेष्ठले नेतृत्व र व्यक्तित्व विकास एक–अर्काका पूरक भएको बताइन् । अर्का प्रशिक्षक सौन्दर्यविद् चिनु गुरुङले व्यक्तित्व विकासमा बाह्य प्रस्तुति र आत्मसम्मानको भूमिकाबारे व्यवहारिक प्रशिक्षण दिएकी थिइन् ।पोखरा लेडी जेसिजका अध्यक्ष सुनिता गौतम भण्डारीका अनुसार पोखरा लेडी जेसिजले सधैं महिला सशक्तिकरणलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएको छ।
पोखरा जेसिजका अध्यक्ष जेसि सुमन पहारी लगायतका पूर्व अध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले आ आफ्ना अनुभवहरु सुनाएका थिए । तालिमले सहभागीहरूमा नयाँ ऊर्जा र दृष्टिकोण थपेको कोषाध्यक्ष जेसी रेजिना कटुवालले बताईन् । तालिममा जेसिज सदस्यसहित करिब ६० जना महिलाको सहभागिता रहेको थियो।
सो अवसरमा नेतृत्व कला, आत्मप्रस्तुति, सकारात्मक सोच, व्यवहारिक शिष्टाचार तथा व्यक्तित्व निर्माणका विविध पक्षहरूमा गहन छलफल र अभ्यास गराइएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






