देश

सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : मन्त्री गुरुङ

मंसिर ९ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिता जगत् भूमिका महत्वपूर्ण हुने बताएका छन् । बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुक बीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताए । उनले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गरे । प्रेस काउन्सिील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय साउथ एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा… पुरा पढौ

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

मंसिर ९ काठमाण्डौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणका क्रममा जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आउनुभएका जनरल द्विवेदीले प्रधानमन्त्री,… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

मंसिर ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा विभिन्न २४ राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतीकरण गरिएको छ । ती आयोजनामा स्रोत सुनिश्चितता, न्यून बजेट, जग्गा अधिग्रहण, रुख कटान, बाढी पहिरोका कारण सडकमा अवरोध, प्रक्रियागत झमेला, मुआब्जा विवाद, कानुनी मुद्दाजस्ता समस्या देखिएका छन् । हालसम्म… पुरा पढौ

‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’

मङ्सिर ९ काठमाण्डौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाउने भएको छ । आयोगले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउने भएको छ । आयोगको आजको बैठकबाट उपनिर्वाचनका लागि यही मङ्सिर १३ गतेदेखि मङ्सिर १६ गते मतदान सम्पन्न नभएसम्म मतदानस्थलका रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक… पुरा पढौ

रवि अझै १५ दिन हिरासतमै रहने

पोखरा, मंसिर ९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आईतबार अनुमति दिएको हो । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो पाचौं पटक हो । यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन, कात्तिक २० गते कात्तिक १५… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार छ सय ६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो । आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० को कारोबार भएको छ… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु सत्र सयले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।रासस पुरा पढौ

राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला स्तरीय अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ । प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै वडाअध्यक्ष साहारा प्रधानले पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मंसिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको जस… पुरा पढौ

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको हो । “क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने,– “अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।” स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको… पुरा पढौ

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ । स्वदेशी नागरिकको हकमा… पुरा पढौ