देश

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु एक हजार चार सयले वृद्धि भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । शुक्रबार प्रतितोला रु दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ८५ निर्धारण… पुरा पढौ

एभरेस्ट एफएमको आकस्मिक रक्तदान कार्यक्रममा २५१ यूनिट रगत संकलन

पोखरा, कात्तिक १० एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष र ४८ जना महिला गरेर कुल २५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफण्ट गण्डकी, सिटिजन… पुरा पढौ

एभरेस्ट एफएमको आकस्मिक रक्तदान कार्यक्रम शुरु

कात्तिक ९ पोखरा । एभरेस्ट एफएमले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रम शुरु भएको छ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रमको एफएमका कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरिन् । एभरेस्ट एफएमको प्राङ्गणमा विहान ७ः३० बजेदेखि ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ शुरु भएको रक्तदान कार्यक्रम मध्याह्न १२ बजेसम्म जारी रहने एभरेस्ट… पुरा पढौ

सिटामोल अभाव छैन: औषधि लिमिटेड

काठमाडौँ । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ । “डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति… पुरा पढौ

पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमको आकस्मिक रक्तदान भोलि, तयारी पूरा

पोखरा, कात्तिक ९ एभरेस्ट एफएमले आयोजना गर्ने आकस्मिक रक्तदान कार्यक्रम भोलि शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम भोलि विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गणमा चल्ने एफएमले जनाएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको… पुरा पढौ

डेङ्गी नियन्त्रण प्रयासः आज सरसफाइ अभियान

सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । “डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वासथ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गी… पुरा पढौ

साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

कार्तिक ८ काठमाण्डौं । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी ९साम्बा० र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको… पुरा पढौ

बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल

कार्तिक ८ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताएका छन् । मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा आफू सक्रिय रहेको बताए । “स्वास्थ्य बिमा र औषधि समायोजन जसरी पनि पूरा गर्छु”, उनले भने, “यसका लागि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हामीले छलफलको प्रक्रिया सुरु गरेका छौँ ।” प्राकृतिक विपद् र डेङ्गी महामारीले ल्याएको जटिलताका बावजुत विगतमा भन्दा स्वास्थ्य क्षेत्रमा… पुरा पढौ

शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक

कार्तिक ८ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको बताएकी छन् । मन्त्रालय सम्हालेको एकसय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको, विद्यालय तहको परीक्षा तथा मूल्याङ्कन प्रणाली सुधारको कार्ययोजना बनाएको बताइन् । उनले भनिन्, “स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा छ, अनिवार्य तथा निःशुल्क शिक्षाको तीनै तहका सरकारको जिम्मेवारीसहितको कार्यान्वयन कार्ययोजना तयार भएको छ र माध्यामिक… पुरा पढौ

प्रतिभा माविका सापकोटालाई उत्कृष्ट प्राचार्य अवार्ड

कात्तिक ८पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्टे«लियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन् ।अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको हो ।तीनदशकदेखि शैक्षिक क्षेत्रमा योगदान दिएका सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा यस्तै… पुरा पढौ