पोखरा, असोज २५ पोखरा–२७ भण्डारढीकका हेमराज आचार्य र उनका साथी बडादशैंको नवौं दिन अर्थात महानवमीका दिन शुक्रबार च्याङ्ग्रा लिन पोखराको हरिचोक पुगे । अघिल्ला वर्षहरुमाजस्तै यस वर्षपनि शुरुमा महङ्गो र नवमीदेखि सस्तो हुने आशामा उनीहरु यस दिन च्याङ्ग्रा लिन महानवमीको दिन हरिचोक पुगेका हुन् । तर उनीहरुले त्यहाँ च्याङ्ग्रा देखेनन् । त्यसपछि च्याङ्ग्रा खोज्दै सिमपानी, याम्दीहुँदै हेमजा मिलनचोकसम्मै पुगे तर कतैपनि च्याङ्ग्रा भेटेनन् । च्याङ्ग्रा नभेटेपछि रित्तै फर्किदै गरेका उनले भने,‘घरमा च्याङ्ग्रा लिएर आउँछु भनेर आएँ, तर यहाँ त भेटिएन…
पुरा पढौ