देश

फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आज बिहान सानोभ¥याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता होबीन्द्र बोगटीले राससलाई जानकारी दिए । उनले भने, “सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै आज हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला… पुरा पढौ

सुनको मूल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज रु एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ । पुरा पढौ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) लाई पक्राउ गरिएको छ । काठमाण्डौँको सानोभ(याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ । केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो । रासस पुरा पढौ

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

कार्तिक २६ काठमाण्डौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आजदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र छ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । आगामी मङ्सिर १६ गते… पुरा पढौ

विकृति विसङ्गती नियन्त्रण गर्न सरकार दृढ सङ्कल्पित : सञ्चारमन्त्री गुरुङ

कार्तिक २६ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज र राजनीतिक क्षेत्रमा देखिएको भ्रष्टीकरण र अपराधीकरण रोक्न वर्तमान सरकार दृढ सङ्कल्पित रहेको बताएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजि पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले समाजमा देखिएका गलत कार्यको रोकथाम तथा नियन्त्रण गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भने, “हाम्रो समाज र राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सद्भावलाई भत्काउने, सामाजिक, सांस्कृतिक सहअस्तित्वलाई नकारात्मक असर तुल्याउने क्रियाकलाप गर्ने कसैलाई… पुरा पढौ

कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास

कार्तिक २६ काठमाण्डौं । आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उद्घाटन भएको छ । उद्घाटन सत्रमा जलवायुसम्बन्धी समस्या निराकरणका लागि विश्व समुदायले एकताबद्ध रुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । सम्मेलनको आज उद्घाटन गर्दै, कोप २९ का अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेको बताउँदै जलवायुजन्य समस्या समाधान र जलवायु जोखिमका सम्भावित समस्याका विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिएका छन् । यसैगरी उद्घाटन सत्रमा… पुरा पढौ

श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

कार्तिक २६ काठमाण्डौं । सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णय गरेको मन्त्री शरत्सिंह भण्डारीले जानकारी दिए । “यो व्यवस्था कार्यान्वनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ, तर नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ… पुरा पढौ

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार नौ सय ५५ निर्धारण भएको छ । पुरा पढौ

आजदेखि कोप-२९, नेपालले प्रस्तुत गर्नेछ जलवायुजन्य जोखिमका उदाहरण

गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो । अझै पनि त्यो घटना सपना झैं लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पाका लागि । “हामी जलवायुजन्य जोखिमको चपेटामा छौं’, उनी भन्छन्, ‘अझै कुन दिन हिमपहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा छन् यहाँका बासिन्दा ।’ गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यका लगायतका अधिकांश स्थानमा… पुरा पढौ

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताए । उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताए । कार्यालय स्थापनाले हुलाकको… पुरा पढौ