देश

पोखरा–१९ घार्मी मैदानबासीको पीडा : ‘पहिरो रोक्न ३ वर्षदेखि प्लाष्टिकको भर, जाग्राम बस्छन् रातभर’

पोखरा, साउन ५ पोखरा महानगरपालिका वडा नम्बर–१९ लामाचौर र ढिकीडाँडा जोड्ने अमलाबिसौनी–घार्मी–अम्बरेश्वर सडकखण्ड २०७७ सालमा स्तरोन्नती भयो । सडक बिस्तारसँगै स्तरोन्नती गरेको एक वर्ष नबित्दै घार्मी मैदान (भुमेश्वर आधार विद्यालय) अगाडिको सडकमा चिरा प¥यो । घरमाथिको सडक चिरा परेर पहिरो खस्न लागेपछि बस्ती जोगाउनका लागि स्थानियले वडा सरकार गुहा¥यो । वडाले तत्काल सडकलाई प्लाष्टिकले ढाकेर पहिरो जानबाट रोक्ने प्रयास ग¥यो । तर तत्कालका लागि प्लाष्टिकले ढाकेर पहिरो रोक्न गरेको प्रयास ३ वर्ष बित्यो । आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै ३… पुरा पढौ

प्रधानमन्त्री ओली भोली विश्वासको मत लिदैः विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन । “साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु” उहाँले जारी गर्नु… पुरा पढौ

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र रु एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ । कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर रहेको सरकारी ऋण २०८१ असार समान्तसम्म बढेर रु २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख पुगेको हो… पुरा पढौ

जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

साउन ४ काठमाण्डौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको हो । जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी (लोसपा)सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता… पुरा पढौ

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’

साउन ४ काठमाण्डौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ । फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको… पुरा पढौ

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९-०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरे । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए । त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शारदादेवी भट्टले प्रयोग गर्नुभएका शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिए । सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गरेका ती शब्द राष्ट्रियसभा नियमावली,… पुरा पढौ

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु¥याउन आह्वान गरेका छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”… पुरा पढौ

विपद् व्यवस्थापन गर्न आपसी समन्वय बढाउनुपर्नेमा जोड

नेपालमा बढ्दो विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ । आज यहाँ आयोजित ‘विपद् फोकलपर्सन’ बैठकमा सहभागी वक्ताले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार र अन्य सरोकार भएकाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिएका हुन् । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् २०१८–२०३०) अनुगमन तथा समीक्षाका सम्बन्धमा विभिन्न सङ्घीय मन्त्रालय, निकाय, विभाग एवं काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय तहका ‘विपद् फोकलपर्सन’बीच छलफल भएको हो । विपद् व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन… पुरा पढौ

सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०ः५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका… पुरा पढौ

सुनको मूल्य ह्वातै घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु. एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ । बिहीबार प्रतितोला रु. एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु. एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ । यसैगरि, चाँदीको मूल्य तोलामा रु. ३० ले घटेको छ ।… पुरा पढौ