देश

संसदमा विश्वासको मत प्राप्त नगर्दा प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त

असार २८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराए । मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र… पुरा पढौ

अविरल वर्षासँगैको बाढीपहिरोबाट हालसम्म एक सय एकको मृत्यु

काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । उनले भने, “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु,… पुरा पढौ

माथीबाट खसेको ढुङ्गा लागेर चालकको मृत्यु,यात्रु सकुसल

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो । आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिएका छन् । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन्… पुरा पढौ

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

तनहुँ । पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले राससलाई जानकारी दिए । “ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।” पहिराले अस्पतालमा क्षति, सेवा बन्द तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल… पुरा पढौ

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

काठमाडौँ । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ । “ आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने… पुरा पढौ

कास्कीमा ३ ठाउँमा पहिरोले घर पुरिँदा ११ को मृत्यु

सन्देश श्रेष्ठपोखरा, असर २८ पोखरामा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।अविरल बर्षापछि आएको पहिरोले पोखराको ३ ठाउँमा घर पुरिँदा ११जनाको ज्यान गएको हो । घटनामा १बेपत्ता छन् भनेव२ घाइते भएको कास्की प्रहरीले जनाएको छ ।पोखरा-१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ६ जना सहित ७ जनाको मृत्यू भएको छ । अविरल वर्षापछी आएको बाढीले टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवारका ६ जनासहित ७ जनाको ज्यान गएको हो । पहिरोले घरमूली ४६ वर्षिय कुलबहादुर परियार, उनकी… पुरा पढौ

पोखरा–३२ मा पहिरोले घर पुरिँदा ३ को मृत्यु, मादीमा १ को मृत्यु

सन्देश श्रेष्ठ पोखरा, असार २८ पोखरा–३२ चैनपुरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि गएराती आएको पहिरोले आरती ओझाको घर पुरिँदा उनकी १८ वर्षीया छोरी अनिता ओझा, अर्की ११ वर्षीया छोरी अनुष्का ओझा र आरतिकी दाईकी छोरा ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको हो । पहिरोले पुरिएर घरमूली आरती ओझा पनि घाइते भएकी कास्की प्रहरीले जनाएको छ । उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै मादी… पुरा पढौ

पोखरा १९ तल्लाकोटमा पहिरोले घर बगाउँदा ७ को मृत्यू

सन्देश श्रेष्ठपोखरा, असार २८ पोखरा-१९ तल्लाकोटस्थित टारीमा पहिरोले घर पुरिदा एकै घरका ७ जनाको मृत्यू भएको छ । अविरल वर्षापछि आएको बाढीले टारीस्थित कुलबहादुर परियारको घर बगाउँदा उनको परिवार ७ जनाको ज्यान गएको हो । पहिरोले घरमूली ४६ वर्षिय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार । आमा ८५ वर्षीया लक्षीमा परियारको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय कास्कीलाई जनाएको छ । त्यस्तै पहिरोले परियारकी छोरी १५ वर्षीया प्रश्ना परियार, चितवन घर भई माइती आएकी अर्की छोरी २० वर्षीया प्रभा… पुरा पढौ

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र तत्काल नचाहिने

पोखरा । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गरेको हो । प्राकृतिक विपतका कारण परिचयपत्र बनाउन असहज भएको भन्दै तत्कालका लागि सरकारले राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गरेको थियो । पुरा पढौ

मन्त्री उपस्थित नभएपछि संसद् बैठक भोलिसम्मका लागि स्थगन

असार २७ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गरे । सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराए । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५… पुरा पढौ