देश

गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा पेस हुने

काठमाण्डौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशबीच राय बाझिएको छ । न्यायाधीश सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासको रिटमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि पूर्ण इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्ण इजलासले फैसला सुनाउने छ । बिहीबार मुद्दाको टुंगो लाग्न सकेन । सहकारीको रकम हिनामिनामा कुनै उजुरी, जाहेरी वा अभियोजन नरहेको भनी महान्यायाधिक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई दिएको पत्र बदरको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दिएका थिए । महान्यायाधिवक्ता कार्यालयले कास्की, रुपन्देही र… पुरा पढौ

सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

असार २० सुदुरपश्चिम । केन्द्रमा सत्तासमीकरण फेरिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ । एमालेका प्रदेशसभा सदस्य एवं आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर पार्टीबाट मन्त्री भएकाहरुले आजै राजीनामा बुझाएका जानकारी दिए । मन्त्री पालले भने, “प्रदेश बाहिर रहनुभएका मुख्यमन्त्रीसँग टेलिफोनमा सम्पर्क गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएर आएका छौँ ।” एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा… पुरा पढौ

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत

असार २० काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत् व्यापारमा संलग्न गराउन लागिएको बताएका छन् । विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री बस्नेतले कानुनी व्यवस्था गरेर सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिका लागि आवश्यक व्यवस्था गर्न लागिएको जानकारी दिए । विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको… पुरा पढौ

नेकपा एसको अध्यक्षमा नेपाल, महासचिवमा घनश्याम सर्वसम्मत

असार २० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ । उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ । रासस पुरा पढौ

सुनको मुल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु… पुरा पढौ

३३ सामुदायिक घरबासलाई अनुदान

‘एक निर्वाचन क्षेत्र, एक नमुना घरबास’ कार्यक्रमअन्तर्गत यहाँका ३३ सामुदायिक घरबास (होमस्टे)ले सरकारी अनुदान पाएका छन् । घरबासमार्फत ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले तीस घरबासलाई रु १२ लाख र तीन वटालाई रु १० लाखका दरले अनुदान दिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार मापदण्डअनुसार छानिएका घरबासलाई तीन चरणमा अनुदान उपलब्ध गराइएको हो । पर्यटन शाखा प्रमुख डम्मर जिसीले अनुदानका लागि ८९ सामुदायिक घरबासले प्रस्ताव पेस गरेका जानकारी दिए । “म्याग्दी, मुस्ताङ र मनाङबाट एक-एक वटामात्र… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ… पुरा पढौ

पोखरा महानगरले गुमाएको राजश्वबारे अध्ययन गर्न लेखा समितिले बनायो अध्ययन उप–समिति

पोखरा, असार २० पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ । लेखा समितिको हालै बसेको बैठकले मणिपाल शिक्षण अस्पताल, घाटहरु र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने उडानलाई सहज बनाउन रिठ्ठेपानी डाँडा कटान गर्दा गुमेको राजश्व अध्ययन गर्न समितिका सदस्य रामजीप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय अध्ययन उप–समिति गठन गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनले यी तीनै विषयमा महानगरले राजश्व गुमाएको बताएको छ । साथै प्रतिवेदनमा गुमेको राजश्व असुलउपर गर्न भनेर टिप्पणीसमेत महालेखा परीक्षकले लेखेपछि त्यस… पुरा पढौ

रास्वपा महामन्त्री एवं प्रवक्ता डा. ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो । “केन्द्रीय समितिको बैठकमा उनले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्काले उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय… पुरा पढौ

एक महिनाभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

असार १९ काठमाण्डौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिनुभयो । सहकारी बैंकको हकमा… पुरा पढौ