देश

‘अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन’ : कांग्रेस नेता लेखक

असार २२ काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ । नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिए । उनले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताए । “नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयको… पुरा पढौ

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च, ३४ ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरिएको मापन केन्द्रले जानकारी दिएको छ । अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए । उनले भने, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको… पुरा पढौ

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध

पोखरा, असार २२ जिल्ला प्रशासन कार्यालय कास्कीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार अपराह्न एक सूचना जारी गर्दै अविरल वर्षाका कारण हुनसक्ने जोखिमबाट बच्नका लागि उच्च सतर्कता अप्नाउन कास्केली आम नागरिकलाई आग्रह गरेको हो । शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केहि दिन अझै वर्षा हुने अनुमान गरेको भन्दै प्रशासनले कास्की जिल्लास्थित नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने एवम् पहिरोको उच्च जोखिमयुक्त स्थान… पुरा पढौ

डा.पुरन राईको ‘अस्तु’ कथा संग्रहको पोखरामा परिचर्चा

पोखरा, असार २२ डा.पुरन राईको कथा संग्रह ‘अस्तु’को पोखरामा शनिबार परिचर्चा गरिएको छ । पुछारसिटे अभियानको आयोजनामा पूर्व खोटाङमा जन्म भई काठमाडौंलाई कर्मथलो बनाएका राईको हालै प्रकाशित ‘अस्तु’ कथा संग्रहमाथि पोखरामा परिचर्चा गरिएको हो । बरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कथा संग्रह ‘अस्तु’माथि साहित्यकार सञ्जीप पौडेलले परिचर्चा गरेका थिए । उनले राईको कथा संग्रह ‘अस्तु’ मा ६ वटा कथा रहेको र ती कथाहरुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)सँग मान्छेले गरेको संघर्ष र त्यो संघर्षमा मान्छे… पुरा पढौ

पाोखरामा हुने तायाःमचा नाच प्रतियोगिता यस वर्ष नयाबजारले आयोजना गर्ने

पोखरा, असार २२ पोखरामा यस वर्ष भदौ ८ गते शनिबार तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो । नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक… पुरा पढौ

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल

असार २१ काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र योगदान रहने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहमा अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उनको भनाइ थियो । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बलियो कम्युनिष्ट पार्टीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । वर्तमान सरकारलाई समर्थन कायमै रहेको उल्लेख गर्दै उनले… पुरा पढौ

कास्कीमा श्रवण दृष्टिबिहीन बालिबालिका लक्षित परियोजना सञ्चालन हुने

गण्डकी, २१ असार । श्रवणदृष्टि विहिन संघ नेपालको संयोजन एवम् कोरियन डिसेब्लिटी डेभलपमेन्ट अफ इन्स्टिच्युटको सहयोगमा कास्की जिल्लामा “जन चेतना र ओकालतमार्फत श्रवणदृष्टि विहीन अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षामा पहुँच” विषयक परियोजना सञ्चालन हुने भएको छ ।श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू तथा बालबालिकाहरूलाई लक्षित गरी आयोजित परियोजनाबाट प्रत्यक्ष अप्रत्यक्ष गरी दुुई हजार ४३४ जना लाभान्वित हुने आज आयोजित कार्यक्रममा श्रवण दृष्टिविहीन संघ नेपालका अध्यक्ष पुुष्पराज रिमालले जानकारी दिए ।उनका अनुसार श्रवणदृष्टि विहीन अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र आवश्यकताहरू बारेमा जनचेतना अभिबृद्धि, गुुणस्तरीय… पुरा पढौ

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ । यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन आज महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गरेका हुन् । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिए । रासस पुरा पढौ

प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गरेका छन् । प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई आज एक पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेका हुन् । “मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि… पुरा पढौ

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित… पुरा पढौ