देश

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा

असार १० काठमाण्डौं । नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बित मुख्यसचिव डा अर्याललाई हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सृजना गरी सरुवा गरिएको हो । डा अर्यालविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको थियो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी… पुरा पढौ

मुख्यसचिव डा अर्यालसहित ११ कर्मचारी र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ९ काठमाण्डौं । अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष (हाल मुख्यसचिव) डा अर्यालसहित,… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । यसैगरि, आज चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको… पुरा पढौ

गण्डकी सहित ३ प्रदेशमा भारी वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ… पुरा पढौ

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनस् विजेता बनेका हुन । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे । विगत… पुरा पढौ

पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री… पुरा पढौ

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली… पुरा पढौ

राजस्व सङ्कलनमा सामान्य वृद्धि

गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म रु चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष… पुरा पढौ

सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण रु ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ रु १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ । चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र रु एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको… पुरा पढौ

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ । प्रधानमन्त्री दाहालले सम्बोधन गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले योग जीवनमा अपरिहार्यता रहेको चर्चा गर्नुभयो । उहाँले स्वस्थ जीवनका लागि सबैले योगाभ्यासलाई अपनाउनुपर्ने बताए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले योग दिवसको महत्व र सरकारले मनाउँदै आएको विश्व… पुरा पढौ