देश

सिद्धार्थचोक-विन्ध्यबासिनीका सम्पदा बस्ती संरक्षणका लागि १ करोड विनियोजन

पोखरा महानगरपालिकाले पोखराका सम्पदा बस्ती संरक्षण, विकास र प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छ । महानगरले सोमबार ल्याएको बजेटमा सिद्धार्थचोक(विन्ध्यबासिनी सडक खण्डमा पर्ने सम्पदा वस्ती संरक्षण, विकास र प्रवद्र्धनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । महानगरले मुस्ताङचोक–सहिदचोक, चिप्लेढुंगा(सभागृह र जिरो–विन्ध्यबासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको छ । पुरा पढौ

भ्यू फेवा : राउण्ड फेवाका लागि ५० लाख

पोखरा महानगरपालिकाले भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रमका लागि यस वर्षपनि बजेट विनियोजन गरेको छ । महानगरले सोमबार ल्याएको बजेटमा भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम अन्तर्गत फेवा फेरो पदमार्ग निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको हो । त्यस्तै, ड्यामसाइड(पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रू ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुरा पढौ

फेवाताल, सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणका लागि २ करोड विनियोजन

पोखरा महानगरपालिकाले फेवाताल, सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणका लागि २ करोड विनियोजन गरेको छ । महानगरको सोमबार प्रस्तुत बजेटमा फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा बिच निर्माणको काम शुरुआत गर्न २ करोड रुपैयाँ बजेट छुट्याइएको हो । पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट साढे ७ अर्ब

पोखरा, असार १० पोखरा महानगरपालिले आगामी वर्षका लागि करीब साढे ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औँ नगर सभामा सोमबार उप(प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको भन्दा ४२ करोड ९८ लाख ५९ रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले ७ अर्ब ८ करोड ३४ लाख २४ हजारको बजेट ल्याएको थियो । प्रस्तावित आगामी आर्थिक… पुरा पढौ

देश र समाजका लागि काम गरेका कांग्रेसका पुराना नेता, कार्यकर्ताको इतिहास खोज्दैछौँ : महामन्त्री थापा

असार १० काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी, समाज र देशका लागि योगदान गरेका पुराना नेता, कार्यकर्ताको इतिहास खोजी गरिने बताएका छन् । नन्दप्रसाद जानुका फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थ विमोचन समारोहमा महामन्त्री थापाले महासमिति बैठकले प्रस्ताव पारित गरिसकेकाले अब केन्द्रीय समितिबाट निर्णय गरी देश र समाजका लागि काम गरेका देशभरका पार्टी नेता तथा कार्यकर्ताको इतिहास सङ्कलन गरिने बताए । उनले यस कार्यले पार्टीभित्र शुद्धिकरणका लागि पनि काम गर्ने धारणा राखे… पुरा पढौ

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

असार १० काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे । उनले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र… पुरा पढौ

छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ : गृहमन्त्री लामिछाने

असार १० काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरुले राखेकोे जिज्ञासाको जवाफ दिँदै उनले पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिए । यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने वर्ष १६ वर्षीया… पुरा पढौ

निलम्बित मुख्यसचिव अर्याल योजना आयोगमा सरुवा

असार १० काठमाण्डौं । नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बित मुख्यसचिव डा अर्याललाई हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सृजना गरी सरुवा गरिएको हो । डा अर्यालविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको थियो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी… पुरा पढौ

मुख्यसचिव डा अर्यालसहित ११ कर्मचारी र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ९ काठमाण्डौं । अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष (हाल मुख्यसचिव) डा अर्यालसहित,… पुरा पढौ

सुनको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । यसैगरि, आज चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको… पुरा पढौ