देश

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन

असार ११ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए । उनले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताए । “आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ… पुरा पढौ

नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ समूह शून्य दशमलव ४६, वित्त समूह दुई… पुरा पढौ

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा नियन्त्रक पौडेलले भने, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले… पुरा पढौ

विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले उच्च प्राथमिकतामा राखेका बताएका छन । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँले विदेशमा हुने मृत्यु तथा कानुनी सजायका सम्बन्धमा सम्बन्धित मुलुकको कानुनबमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक… पुरा पढौ

बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेकोे चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताए । “गत जेठ १५ गते बजेट प्रस्तुत भइरहेदेखि संसद्मा लगातार छलफल भइरहेको छ, असन्तुलित बजेट परिमार्जन हुन्छ कि हुँदैन रु”, उनले प्रश्न गरे, “बजेटमा छलफल बहस र तर्क गर्ने, तर ‘हुन्छ’, ‘हुँदैन’ भनेर पारित गर्ने हो भने छलफलको अर्थ हुँदैन ।” सांसद मनबहादुर… पुरा पढौ

नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित

नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो । गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । यस्तै बैठकले सुरक्षित सिसाको समेत मापदण्ड पारित गरेको छ । सुरक्षित सिसालाई समेत विदेश… पुरा पढौ

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज यहाँ बस्दै छ । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ । बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान यहाँ आइपुगेका थिए । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गनेछन… पुरा पढौ

पोखरा महानगरको बजेट : तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि डेढ अर्ब

पोखरा महानगरपालिकाले पूर्वाधार विकासका लागि प्राथमिकताका साथ बजेट छुट्याएको छ । महानगरले सोमबार ल्याएको बजेटमा विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि १ अर्ब ६५ करोड विनियोजन गरेको हो । त्यस्तै, बीपी मार्ग सडक स्तरोन्नतीका लागि ८ करोड बजेट विनियोजन गरेको महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताईन् । पुरा पढौ

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

असार १० काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटले लिएको नीतिलाई समर्थन गर्ने र मुलुकको समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउने बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आज आयोजना गरेको आगामी आवको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले समग्र वित्तीय र मौद्रिक स्थायित्व कायम गर्नेगरी आगामी साउन दोस्रो साताभित्र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् । उनले भने, “देशको अर्थतन्त्रलाई हित हुनेगरी साउनको पहिलो वा दोस्रो सातामा… पुरा पढौ

विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजनाका लागि २६ करोड १६ लाख

पोखरा महानगरपालिकाले विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजनाका लागि ठूलो रकम बजेट विनियोजन गरेको छ । महानगरले सोमबार ल्याएको बजेटमा विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजना लगायतका कार्यक्रम सञ्चालनका लागि २६ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख मञ्जुदेवी गुुरुङले बताईन् । पुरा पढौ