देश

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

फागुन २३ बागमती । बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिएका हुन् । नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिलामन्त्री लामा… पुरा पढौ

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले मासिक तलब प्रदान गरेको छ । मासिक ५ हजार नगद ९वार्षिक ६० हजार० दिने पूर्व घोषणा अनुरुप आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो रकम प्रदान गरेका हुन् ।नगद प्राप्त गर्नेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार… पुरा पढौ

गण्डकीमा पाण्डे नेतृत्वको सरकार अल्पमतमा, नया सरकार बन्नलाईपनि सकस !

पोखरा, फागुन २३ गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेको हो । माओवादी केन्द्रले बुधबार पाण्डे नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । निर्णयलगत्तै माओवादीले समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा मगरले पाण्डे नेतृत्वको… पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।… पुरा पढौ

रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ । सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिए । पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको एक लाख २३ हजार पाँच सय

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडक आयोजना: तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले बताए । “स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक विस्तार, नाली निर्माण… पुरा पढौ

कांग्रेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

फागुन २२ काठमाण्डौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति कांग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता… पुरा पढौ

नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो

काठमाडौँ । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो । सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो । आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार… पुरा पढौ

गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत फिर्ता लिदै माओवादी

पोखरा, फागुन २२ गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिने तयारी गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना दुई मन्त्रीलाई बर्खास्त गरेसँगै माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेको हो । गण्डकीमा कांग्रेस र माओवादीको संयुक्त सरकार थियो । केन्द्रमा गठबन्धन फेरिएसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । मन्त्रीलाई बर्खास्त गरेसँगै माओवादीलेपनि मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । समर्थन फिर्ता लिन केन्द्रको निर्णय कुरिरहेको नेकपा… पुरा पढौ