देश

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

काठमाडौँ । हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो । हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए… पुरा पढौ

राष्ट्रपतिसमक्ष उपप्रधानमन्त्री र मन्त्रीद्वारा सपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष… पुरा पढौ

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

फागुन २६ काठमाण्डौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेको हो । सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए । रासस पुरा पढौ

एमाले कास्कीको उपाध्यक्षमा झपट रानाभाटको दाबी

पोखरा, फागुन २६ नेकपा एमाले कास्कीको उपाध्यक्षमा झपट रानाभाटले दाबी गरेका छन् । नेकपा एमाले कास्कीको अधिवेशन नजिकिएसँगै उम्मेदवारहरुले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला रानाभाटलेपनि उपाध्यक्षमा दाबी गरेका हुन् । एमाले कास्कीको अधिवेशन यहि चैत१० र ११ गते पोखरामा हुँदैछ । एमाले कास्कीको नया नेतृत्व हत्याउनका लागि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूह गुटगत छलफलमा व्यस्त छन् । अध्यक्षमा आकांक्षी धेरै भएपछि दुबै समूह मिलाउन लागि परेका छन् । उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका… पुरा पढौ

आजको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी,… पुरा पढौ

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा… पुरा पढौ

शिवरात्री पर्वको अवसरमा महाशिवरात्री महोत्सव २०८० सम्पन्न

पोखरा । शिवरात्री पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव २०८० सम्पन्न भएको छ ।शुक्रबार श्री हंस कृति आश्रम बुटवलमा भएको कार्यक्रममा मानव धर्मका प्रणेता श्री सद्गुरु देव महाराजले शिवले ध्यान गर्ने तत्वलाई जानेर अघि बढ्न सकियो भने जीवनमा सार्थक हुने बताएका छन् । उनले भने, ‘अध्यात्मले शान्ती फैलाउनका लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले मानिसमा शान्तीको सन्चार गर्नेछ। आध्यात्मिक शान्तीका लागि आत्मज्ञान महत्वपुर्ण रहेकाले नामको महत्वलाई बुझ्न सकियो भने मानव जिवनको सार्थकता पुर्ण हुनेछ।’ भारतमा राम… पुरा पढौ

पोखराकी बहादुर छोरी रञ्जना ! जसले कलेजो दिएर बचाईन् आफ्नै बुबा

पोखरा, फागुन २५ छोरा हुन् वा छोरी, बुबाआमाका लागि दुबै कलेजोका टुक्रा हुन् । जसलाई हुर्काउन आमाबुबाले सारा दुःख बिर्सिन्छन् । तर छोराछोरी ठूला भएपछि बा–आमा बिर्सिन्छन् भन्ने आम धारणा छ । त्यहि भएर होला नेपालीमा एउटा आहान छ,‘बाह्र भाई तेह्र नाती, बुढाको धोक्रो काँधै माथी ।’ यसो भनेर समाजमा सबै सन्तान खराब नै हुन्छन् भन्ने छैन । नपत्याए पोखराकी रञ्जना बराललाई हेरे पुग्छ । हो, पोखरा महानगरपालिका वडा नम्बर–३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबालाई जीवनदान दिएकी छन् ।… पुरा पढौ

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

फागुन २५ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा उनले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना,… पुरा पढौ

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक : सभापति देउवा

फागुन २५ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस दिवसले त्यसमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त… पुरा पढौ