देश

पोखरा अन्र्तराष्ट्रिय म्याराथन शनिबार, १४ देशका १० हजार सहभागि हुने

पोखरा, फागुन ३ पोखरामा आउँदो शनिबार पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको १८ औं संस्करण यस वर्ष फागुन ५ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी लगभग पूरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले विहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । पोखरालाई खेलकुद… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।… पुरा पढौ

विश्वकप क्रिकेट लिग-२ :उद्घाटन खेलमा नेपाल चार विकेटले पराजित

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नामिबियाले दुई अङ्क जोडेको छ । जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउदै पूरा गर्‍यो । नामिबियाको जितमा जान फ्रिलिङ्कले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी जान निकोल लोफिट इटनले ३१… पुरा पढौ

बिक्न छाड्यो दूध,किसानमा छायो निराशा

चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उनले भने, “दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उनले बताए। जिल्लामा दैनिक तीन लाख… पुरा पढौ

कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

काठमाडौँ । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो । कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको… पुरा पढौ

माओवादी केन्द्रको विधान अधिवेशन : आजका लागि सुझाव सङ्कलन सकियो, भोलि ७ समूहले पेस गर्ने

फागुन २ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ । सुझाव पेस गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिए । उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्नेमा जोड दिए । सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन… पुरा पढौ

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : अध्यक्ष ओली

फागुन २ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे । उनले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए । “एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रुपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन”, उनले भने,… पुरा पढौ

विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

फागुन २ काठमाण्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन् । मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे । वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्व र उपादेयता अझै बढी रहेको बताए । शिक्षासँगै अटल समर्पण, त्याग… पुरा पढौ

ग्याङफाइट छुट्याउन पुगेका शिक्षकको विद्यार्थीले मनाईदिए सरप्राइज बर्थ डे

पोखरा, फागुन २ माया जोसँगपनि हुनसक्छ । आमाबुबा र छोराछोरी बीच, दाजुभाई र दिदीबहिनीबीच, श्रीमान र श्रीमतीबीच अनि गर्लफ्रेण्ड र ब्वायफ्रेण्डबीच । उसो त माया गर्न रगतको साईनो नै चाहिँदैन । नत माया गर्नका लागि गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड नै हुनुपर्छ । माया गुरु र चेलाबीचपनि हुनसक्छ । हो, यस्तै माया अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुरा पोखरा–१६ बाटुलेचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थी र अध्यापनरत शिक्षक अर्थात शिक्षक र विद्यार्थी बीचको हो ।… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो । आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ । तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो । बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८,… पुरा पढौ