देश

नेपाल लिटरेचर फेस्टिबल:धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

पोखरा । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ । अहिले व्यवपार व्यवसायमा मन्दी छाइरहेकाले निजि क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ ।सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । आम सर्वसाधरणको चासो भने अर्थतन्त्र… पुरा पढौ

अदालतप्रति खगराजको कटाक्ष : असरको मूल्यांकन नगरी स्टे अर्डर गर्दियो, बस् !

पोखरा, फागुन ४ गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अव्यवहारिक स्टे–अर्डर, आदेश र फैसला दिएकोभन्दै अदालतप्रति कटाक्ष गरेका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीले जुनसुकै विषयमा प्रभाव मूल्यांकन नगरी अदालतले स्टे–अर्डर दिने गरेको भन्दै रोष व्यक्त गरेका हुन् । उनले भने,‘कसैले निवेदन दिने वित्तिकै हाम्रा प्रचलित कानून्हरु के छन् ? हाम्रो विद्यामान अवस्था के छ ? नहेरी स्टे–अर्डर गर्दियो ।’ त्यस्तै स्टे–अर्डरको चपेटामा कालीगण्डकी… पुरा पढौ

सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँ पुगेको हो । आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरि, चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । पुरा पढौ

ललिता निवास जग्गा प्रकरणः १२ जना ठोषी ठहर

फागुन ३ काठमाण्डौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज उक्त जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ भने राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दामा ठहर भएका प्रतिवादीवाट बिगो र जरिवाना असुल हुने फैसला भएको जानकारी दिए । अदालतले जग्गा… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राती मध्यराती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ । यसअघि निगमले माघ १७ गते इन्धनको मूल्य बढाएको थियो । पुरा पढौ

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

फागुन ३ काठमाण्डौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए । उनले भने, “शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन ।” परीक्षा… पुरा पढौ

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

फागुन ३ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ । प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे । विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उनले दिए । उनले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको… पुरा पढौ

विधानमा प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : अध्यक्ष प्रचण्ड

फागुन ३ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गरेपछि उनले प्राप्त सुझावका आधारमा विधानलाई ओजपूर्ण बनाइने बताए । अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको गरेर पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताए । आमरुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको… पुरा पढौ

‘संसद विघटन गर्नू गलत थियो, तर विघटन गर्नेलाई के कारवाही गरियो ?’

पोखरा, फागुन ३ पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले देशमा कानूनी राज नभएको टिप्पणी गरेका छन् । पोखराको फेवाताल किनार वराहीघाटमा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलमा विद्वत प्रवचन दिदै कानून बनेपनि त्यसको कार्यान्वयन नहुँदा सुशासन कायम नभएको बताएका हुन् । उनले गलत तरिकाले संसद विघटन गर्दापनि त्यो विघटन गर्नेलाई कारवाही नगरिएकोप्रति रोस व्यक्त गरे । संघ सरकार पुरानै ढर्रामा चलिरहेको उनले टिप्पणी गरे । केन्द्रले पुरानै ढंगले, पुरानै शैलीले राज गर्ने, कसले मान्ने ? कसले नमान्ने ? खेल खत्तम ! पैसा हजम… पुरा पढौ

अब नक्कली किसानका खोरलाई होईन, दूधलाई अनुदान दिईन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा, फागुन ३ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबदेखि दूध उत्पादनलाई हेरेर अनुदान वितरण गरिने बताएका छन् । पोखरामा विहीबारदेखि शुरु भएको १८ औं संस्करणको लिट्रेचर फेष्टिभललाई सम्बोधन गर्दै उनले हिजोजस्तो नक्कली किसानलाई नभई उत्पादनका आधारमा अनुदान वितरण गरिने बताएका हुन् । मैले न हिजो नक्कली बोट, नक्कली खोरका लागि वा नक्कली नक्कली भैंसीका लागि पैसा बाँडेको थिएँ,उनले भने,‘नक्कली खोर र बोटका लागि होईन अब दूधका लागि अनुदान वितरण गरिन्छ ।’ उत्पादनमा आधारित भएर अनुदान वितरण गर्नका लागि नै यसअघि… पुरा पढौ