देश

बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस

फागुन ४ काठमाण्डौं । बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए । गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो । उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय म्याराथन शनिबार, १४ देशका १० हजार दौडिदै

पोखरा, फागुन ४ पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार पोखरामा आयोजना हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको १८ औं संस्करण यस वर्ष शनिबार हुन लागेको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा यस वर्ष विभिन्न ९ वटा ईभेन्टमा प्रतिष्पर्धा हुँदैछ ।… पुरा पढौ

प्रदेशको अधिकारका लागि संघीय सरकार र संसदसँग लडाई लड्ने मुख्यमन्त्री पाण्डेको उद्घोष

पोखरा, फागुन ४ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अधिकारका लागि संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको अधिकारका लागि संघ सरकार सँगसँगै संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको बताएका हुन् । प्रदेशको अधिकारका लागि कानून् बनाउने जिम्मेवारी संघ सरकारसँगै संघीय संसदको पनि भएकाले यी दुबैसँग समान लडाईं लड्नुपर्ने उनको भनाई छ । कानून बनाउने जिम्मेवारी केवल सरकारको मात्रै होईन, संसदकोपनि हो,उनले भने,‘त्यसैले… पुरा पढौ

महिलाहरु आफै प्रत्यक्ष चुनाव लड्न चाहँदैनन् : उपाध्याय

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डीना)ले महिलाहरुमा चुनाव लड्नै नचाहने प्रवृत्ति रहेको बताएकी छन् । पोखरामा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलको शुक्रबारको सेसन ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपाल महिला संघकी पूर्व अध्यक्ष उपाध्यायले महिलाहरुमा प्रत्यक्ष चुनाव लडेर जोखिम उठाउनु भन्दा सुरक्षित हुन समानुपातिकमा बस्ने प्रवृत्ति रहेको बताएकी हुन् । सेसनको अन्तिममा दर्शक दीर्घाबाट पत्रकार विमला भण्डारीले महिलाहरुलाई टिकट दिईदैन कि आफै उठ्न चाहँदैनन् भन्ने प्रश्न गरेपछि त्यसको जवाफ दिदै उपाध्यायले भनिन्,‘खास गरेर महिलाहरु प्रत्यक्ष चुनाव… पुरा पढौ

महिलाहरु नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै सामाजिक लाञ्छानापनि हो : सांसद भट्टराई

पोखरा, फागुन ४ संघीय सांसद विद्या भट्टराई अधिकारीले महिलाहरु नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै लाञ्छनापनि भएको बताएकी छन् । पोखरामा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलको शुक्रबारको सेसन ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक प्यानल डिस्कसनमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले लाञ्छना सहन सक्ने मात्रै नेतृत्वमा आउनेगरेको बताएकी हुन् । सेसनको अन्तिममा दर्शक दीर्घाबाट चुनावमा गरिएको खर्च पार्टी कि तपाईंले भ्रष्टाचार गरेर सोधभर्ना गर्ने हो भनेर सोधिएको प्रश्नको उत्तर दिदै उनले भनिन्,‘महिला नेतृत्वमा नआउनुको कारण आर्थिकसँगै लाञ्छनापनि हो । महिलाले केहि नगरेपनि… पुरा पढौ

जिल्ला समन्वय समिति खारेज गरौं : पृथ्वी सुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले हालको जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले संघीयतालाई महंगो बनाउने मध्येको एक जिल्ला समन्वय समितिपनि भएकाले यसलाई खारेज गर्नुपर्ने बताएका हुन् । चार तहका सरकार दुनियामा कहिंपनि छैन,उनले भने,‘कित त्यसलाई अधिकार सम्पन्न बनाउनु प¥यो । त्यसो गर्दा खर्चिलो हुन्छ । त्यसैले अहिलेको परिस्थितिमा जिल्ला समन्वय समितिहरु नराख्दा हुन्छ ।’ उनले विश्वका संघीय शासन प्रणाली… पुरा पढौ

कविता: भावना पोख्ने सकारात्मक माध्यम

‘म त रित्ता हातमा हतियार बनाइदिन्छुतिमी होली भन म दिवाली बनाइदिन्छुशब्दका पोखरी यसरी खनाइदिन्छुमेरै कुरामा हो हो बनाइदिन्छु ’ पोखरा । कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानुन विद्यार्थी अञ्जनालाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् । लयात्मक रुपमा भावना पोख्ने सजिलो माध्यम हो कविता । भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो… पुरा पढौ

सरुभक्तका ६ बाल पुस्तक एकसाथ लोकार्पण

पोखरा । साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो । उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको छ । सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे । लोकार्पण भएको… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिबलः नेपालमा कहिले आए मान्छे ?

पोखरा । नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा ।तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ समूहसँग मिल्दैन ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन् ।… पुरा पढौ

एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिनुहुँदैन : अधिकारी

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिन नहुने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीले प्लस टु सक्न नपाई विदेश जाँदा पलायन भइरहेको अर्बौं रुपैयाँ रोक्न यस्तो नीति अवलम्वन गर्नुपर्ने बताएका हुन् । यसका लागि संघ सरकारले ऐन ल्याउनुपर्ने भन्दै उनले भने,‘प्लस टु पढ्न पाएको छैन, अनि पढ्नको लागि भनेर विदेशमा खर्बौं रुपैयाँ… पुरा पढौ