देश

महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडौँ । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ । त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङ्कङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष… पुरा पढौ

आजको मौसम यस्तो छ

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशको पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा छ । “भोलि सोमबार र कात्तिक २८ गते मङ्गलबार देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । पहाडी भूभागमा पातलो बादल लाग्ने सम्भावना रहेकाले एकरदुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली… पुरा पढौ

‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ । आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो । आइएफआरसीले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पपीडितका लागि पनि आपत्कालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो । आइएफआरसीले नेपाल… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आइतबार आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । यसैगरि, आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । पुरा पढौ

आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै, कुकुर तिहार पनि आजै

यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि… पुरा पढौ

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव

कार्तिक २५ काठमाण्डौं । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री प्रचण्डसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो । भेटमा समितिका सभापति खतिवडाले भने, “हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा… पुरा पढौ

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ । मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नरगराउन समिति गठन गरेको हो । यही कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नरगराउनका लागि उक्त समिति ९गठन० आदेश २०८० स्वीकृत गर्ने निर्णय… पुरा पढौ

पोखरामा फूलको थुंगाको मूल्य २ देखि ५ रुपैयाँ, मालाको २ सयसम्म

पोखरा, कात्तिक २५ यस वर्षको तिहारमा पोखरामा तीन करोड रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरासहित यस आसपासका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो । जसका लागि फुलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ । ‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं’–एशोसियसनका कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने । पोखरामा खपत हुने फूल शत प्रतिशत स्थानिय उत्पादनले धान्छ । यसअघि पोखरालाई आवश्यक पर्ने फूलमध्ये ८०… पुरा पढौ

पृथ्वीचोक पुलको दाया र बाया दुबैतर्फ २\२ लेनको दुई वटा पुल बनाईंदै

पोखरा, कात्तिक २५ पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माण शुरु भएको छ । पुरानो पोखरा अर्थात कोर पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणको काम शुरु भएको हो । पोखरा–९ र १० जोड्ने सो पुलको शनिबार नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरे । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ योजना अन्तर्गत सडकसँगै पुल निर्माण गरिन लागेको हो । पृथ्वीचोकस्थित सेती नदीमा हाल रहेको पुलको तल्लो र माथिल्लो… पुरा पढौ

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु हुन्छ : प्रधानन्यायाधीश

कार्तिक २४ काठमाण्डौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताए । “छिटो न्याय दिनका लागि पुराना मुद्दा फछ्र्योटलाई तीव्ररुपमा अगाडि बढाएका छौँ, त्यो अभियान पूरा गर्नका लागि न्यायाधीशको पनि जरुरी पर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायालयप्रति जनआस्था वृद्धिका लागि काम गरिरहेको बढाउका छाँै ।” प्रधानन्यायाधीश श्रेष्ठले केही… पुरा पढौ