कात्तिक १२ काठमाण्डौं संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुन् । उनले भोलि दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गरे । यसैबीच अर्थमन्त्रीकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले…
पुरा पढौ