देश

चिसोका कारण दुई भुकम्पपिडितको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका,… पुरा पढौ

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले दुईको मृत्यु

चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी… पुरा पढौ

मर्दी हिमाल पदमार्गमा पर्यटक सूचना केन्द्र

कास्की जिल्लाको माछापुरच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको छ । मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । छोटो समयमा साहसिक पदयात्राको आनन्द लिन पाइने भएपछि पर्यटक मर्दी उक्लिने गरेका छन् । एक दशकअघिसम्म गुमनाम जस्तै रहेको मर्दी पदयात्रामा पर्यटक बढेसँगै पर्यटकीय पूर्वाधार निर्माण सुरु गरिएको छ । यस पदमार्गमा आउने पर्यटकलाई आवश्यक सूचना… पुरा पढौ

शैक्षिक सुधार अभियानमा आँबुखैरेनी

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले शैक्षिक सुधार अभियानलाई अगाडि बढाएको छ । गाउँपालिकाले सुरु गरेको सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा यहाँका सङ्घसंस्थाले हातेमालो गरेका छन् । गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारी, टोल सुधार समिति, सङ्घसंस्थाले पालिकाको उक्त अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन् । उक्त अभियानका लागि हालसम्म रु १३ लाख ६९ हजार चार सय आठ सङ्कलन भएको छ । हालसम्म २४ वटा सङ्घसंस्थाले अभियानका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। यो अभियानमा नमूना बचत तथा ऋण सहकारी… पुरा पढौ

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक)भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ । मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका… पुरा पढौ

चार देश सम्मिलित टि ट्वान्टी क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा… पुरा पढौ

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य: नेपाल प्रहरी

नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् । “समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ”, उनले भने । तिहारको समयमा देशभर सडक दुर्घटना बढेको… पुरा पढौ

आज भाईटीका, उत्तम साइत विहान १०ः५१ बजे

नेपालीको दोश्रो ठूलो चाड तिहारको मुख्य दिन भाईटीका आज मनाईदैछ । आजको दिन दिदी बहिनीले आफ्ना दाजभाईलाई भाईटीका लगाईदिने चलन रहेको छ । दिदीबहिनीले दाजुभाईको सुस्वास्थ्य, ऐश्वर्य, र दीर्घायुको कामना गर्दै टीका भाईटीका लगाउने चलन रहेको हो । दाजुभाईलेपनि दिदीबहिनीलाई गच्छे अनुसार उपहार दिने गर्दछन् । भाईटीकाको मुख्य साईत भने बुधबार विहान १०ः५१ बजे रहेको छ । मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको हो ।… पुरा पढौ

शंखधर साख्वा र वास्तविकता

नेपाल सम्वत् ११४४ को अवसरमा देश-बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायमा सुख,शान्ति ,समृद्धि,सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। दया,माया ,सद्भाव ,सहयोग ,उपकार,भाइचारा ,मिलनसारिता,बिश्वबन्धुत्व ,मानवता आदि मानवीय सद्गुणहरुले ओतप्रोत उच्च मानवीय भावनाका प्रतिक राष्ट्रिय बिभूति शङ्खर साख्वाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। दिनदिनै मानवता हराइरहेको,मानवीयता ह्रास र क्षयीकरण भैरहेको, मानिसले आफ्नो बारेमा मात्रै सोच्ने बिकृत र आत्मकेन्द्रीत दरिद्र मानसिकता झाङ्गिरहेको बेलामा हामी सबैले वहाँको जीवनीबाट गम्भीर शिक्षा हासिल गरी म र आफू भन्ने सङ्कीर्ण भावना हटाई हामी र हाम्रो भन्ने पवित्रम भावनाको हामी… पुरा पढौ

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए

जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । “सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ”, उनले भने, “उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।” भूकम्पमा परी घाइते… पुरा पढौ