देश

महासचिव गुटेरेस चारदिने भ्रमणका क्रममा कात्तिक १२ गते नेपाल आउँदै, भ्रमण तालिकामा पोखरापनि

कार्तिक १० काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक उनी भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी… पुरा पढौ

नेपाली कांग्रेसको शुभकामना र चियापान भोलि

कार्तिक १० काठमाण्डौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बडादसँै, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भने, “बिपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम… पुरा पढौ

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

कार्तिक ९ काठमाण्डौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन ।… पुरा पढौ

गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएक छन । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज स्वदेश फर्किएका हुन। यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो । रासस पुरा पढौ

दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो मान्यजनकहाँ जान नपाएकाहरु आज पनि टीका थाप्न हिँडेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको… पुरा पढौ

आज बडादशैंको मुख्य दिन बिजयादशमी, टीकाको शुभ साईत ११ः२ मिनेटमा

नेपालीको महान चाड बडादशैंको आज मुख्य दिन बिजयादशमी । आजको दिन नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । बिजयादशमीको अवसरमा आज दिनभरी नै मान्यजनबाट टीका प्रसाद ग्रहण गर्ने चलन छ । आज टिकाको शुभ साईत ११ः२ मिनेटमा रहेको छ । टिकामा शुभसाईत खोज्न नपर्ने भएपनि शुभ साईत खोज्नेका लागि सो समय उत्तम रहेको जनाइएको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य… पुरा पढौ

सहिद थमन परियारको १९औं स्मृति सभा सम्पन्न

पोखरा, ६ कार्तिक । सहिद थमन परियारको १९ औं स्मृति सभा सम्पन्न भएको छ । वि।सं। २००७ सालमा कास्की जिल्लाको माझठानामा जन्मिएका परियार पत्रकार, कलाकार, राजनीतिज्ञ तथा दलित आन्दोलनका अगुवाका रुपमा समेत परिचित थिए ।थमन परियार स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त सभामा प्रमुख अतिथि राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कोमलनाथ बरालले श्रद्धाञ्जली मन्तव्य राख्दै सहिद थमन परियारका विभिन्न आयामहरु उपर चर्चा गरेका थिए । त्यसैगरी संस्थाका सल्लाहकार झलकपाणी तिवारी, पूर्ण गिरी, यज्ञ तिवारी, मंगल बहादुर नेपाली लगायतका वक्ताहरुले श्रद्धाञ्जली मन्तव्य… पुरा पढौ

गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’

जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआ) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ । अस्पतालबाट डिस्चार्ज हुने क्रममाउपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन छ । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन। सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे। दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ । रासस पुरा पढौ

बडादशैंको आज नवौं दिन महानवमी, नवदुर्गा भगवतीको पूजा गरेर मनाईदै

नेपालीको महान चाँड बडादशैंको आज नवौं दिन, महानवमी पर्व धुमधामका साथ मनाईंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने यस दिन नवदुर्गा भगवतीको विशेष पूजा आरधना गरेर मनाईन्छ । महानवमीका दिन दुर्गा पूजालगायतका कार्य गरिन्छ । आजपनि दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिने गर्दछन् । कतिपय… पुरा पढौ