देश

‘कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो’ : मुख्यमन्त्री कार्की

असोज २८ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताए । मुख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सबै पक्षसँग सहमति कायम गरेर आफू… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर एक सय ७२

असोज २८ पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । मूल्य समायोजन पश्चात पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ ।यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७३ थियो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र… पुरा पढौ

तमु धिँ नेपालको अध्यक्षमा पुनः हुम तमु

पोखरा, असोज २८ तमु धिँ नेपालको अध्यक्षमा पुनः हुमबहादुर तमु चयन भएका छन् । तमु धिँ नेपालको आईतबार सम्पन्न ३९ औं साधारण सभा तथा १६ औं महाधिवेशनले तमुलाई सर्वसम्मत रुपमा दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको हो । पर्वत स्थायी घर भई पोखरा–१४ चाउथे निवासी गुरुङ पत्रकारपनि हुन् । तमु धिँ नेपालको बरिष्ठ उपाध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा गिमाया गुरुङ, द्वितीय उपाध्यक्षमा नारायण गुरुङ, महासचिवमा अधिवक्ता जुनाकुमारी गुरुङ चयन भएका छन् । त्यस्तै, सचिवमा जुमकाजी गुरुङ, सहसचिवमा… पुरा पढौ

पोखराको प्याराग्लाईडिङ उडान तोरीपानीमै फर्कियो

पोखरा, असोज २८ प्याराग्लाईडिङको उडान पुनः पोखराको तोरीपानीबाट गर्न शुरु गरिएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै तोरीपानीबाट बन्द गरिएको प्याराग्लाईडिङ उडान ९ महिनापछि पुनः पोखरा–१८ तोरीपानीमै फर्किएको हो । विमानस्थल सञ्चालनमा असर गर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा–१८ स्थित सराङकोट र तोरीपानीबाट प्याराग्लाईडिङ उडान बन्द गरेको थियो । प्राधिकरणको सो निर्णयसँगै प्याराग्लाईडिङ पोखराबाट विस्थापन हुने भन्दै चिन्ता व्यक्त गरिएको थियो । पोखराबाटै प्याराग्लाईडिङ बिस्थापित हुने चिन्ता र चासो सर्वत्र भएपछि क्यानले त्यसको विकल्पको खोजी गरेर मान्द्रेढुंगाबाट… पुरा पढौ

आजदेखि मनसुन पूर्णरुपमा बाहिरिँदै,मनसुन अवधिमा कति प्रतिशत वर्षा भयो ?

काठमाडौँ । जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको… पुरा पढौ

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु… पुरा पढौ

हाइकिङका माध्यमबाट आर्बाका धार्मिक पर्यटकीय गन्तव्य प्रवर्द्धन

गण्डकी । पोखरा आसपासका प्राचीन बस्तीमध्ये एक हो आर्बा । पोखरा महानगरपालिका–१३ मा अवस्थित यो गाउँमा धार्मिक पर्यटनका धेरै सम्भावना भएर पनि प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ । यस स्थानको पर्यटकीय महत्वलाई उजागर गर्ने लक्ष्यका साथ हाइकर्स क्लब नेपालले आफ्नो ३९औँं शृङ्खला आर्बामा सम्पन्न गरेको छ । हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय सम्भावना बोकेका स्थलको निरन्तर प्रवर्द्धन गरिरहेको उक्त क्लबले आफ्नो पछिल्लो शृङ्खला आर्बामा सम्पन्न गरेको त्यहाँका अध्यक्ष कृष्ण रानाभाटले बताए । “हामी पर्यटकीय बजारमा पुग्न नसकेका गन्तव्यलाई हाइकिङका… पुरा पढौ

आजदेखि छैठौँ संस्करणको बेलबारी गोल्डकप सुरु हुँदै

बेलबारी । पछिल्लो समय मोफसलमा नियमित गोल्डकप आयोजना गर्न नसकिरहेको अवस्थामा मोरङको बेलबारीमा भने छैठौँ संस्करणको डाँगिहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप आज सुरु हुँदैछ । भारतको एक टोलीसहित नेपालका सात टोलीको सहभागितामा मोफसलमा गोल्डकपका लागि तयारी पूरा भएको आयोजक डाँगिहाट फुटबल क्लबले जनाएको छ । बेलबारी–११ लक्ष्मी मार्गस्थित लक्ष्मी मावि खेलमैदानमा सुरु हुने प्रतियोगिता कात्तिक ४ गते समापन हुने क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताए । दैनिक छ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा चार हजार क्षमता भएको बाँसको प्याराफिट, रङ्गरोगन,… पुरा पढौ

बडादशैः अनिष्टको खतराले जमरा राख्दैनन् सीमान्तकृत माझी समुदाय

बागलुङ । नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र… पुरा पढौ

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

इलाम । भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् । पछिल्लो समय उहाँहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ । इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ । परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनले सम्पर्कविहीन भएका सबैजना… पुरा पढौ