देश

दशैंमा घर जाँदै हुनुहुन्छ ? पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्दैछ

पोखरा, असोज २० दशैंमा घर फर्किनेहरुलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दशैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिएको हो । नेपाल यातायात राष्ट्रिय महासंघले असोज २२ गतेदेखि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेपनि पृथ्वी राजमार्गले एकदिन अगावै बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा बृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको… पुरा पढौ

१९औँ एसियाली खेलकुद: महिला भलिबलमा नेपालको सान्त्वना जित

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए । आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन। नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए । ऐन संशोधन गरेर नेपालमै डाक्टर तथा नर्स अध्ययन गराउने वतावरण बनाउन आफू लागिपरेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य क्षेत्रमा दक्ष स्वस्थ्यकर्मी उत्पादन बढाउन नसके गुणस्तरीय सेवा प्रदान गर्न नसकिने उनको भनाइ थियो ।… पुरा पढौ

दसैँका लागि टिकटको अग्रिम बुकिङ असोज २२ बाट

दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो । रासस पुरा पढौ

पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ । “सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि… पुरा पढौ

अध्ययन केन्द्रको रुपमा विकास हुँदै पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय

पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन, अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो । हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालय अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले बताइन।… पुरा पढौ

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

आज शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज शुक्रबार ३५० जना नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ । गत वर्ष उक्त पुरस्कार युक्रेन, बेलारुस र रुसका मानवअधिकार कार्यकर्ताहरूले जितेका थिए । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उनको बेलारुसी समकक्षी र अन्य सहयोगीहरूको कडा आलोचनाका रूपमा हेरिएको थियो । नोबेल शान्ति पुरस्कार व्यक्तिगत वा संस्थागतरूपमा प्रदान गरिन्छ । विगतमा यो पुरस्कार पाउनेहरूमा नेल्सन मण्डेला, बाराक ओबामा, मिखाइल गोर्बाचेभ, आङ सान सु की र… पुरा पढौ

१९औँ एसियाली खेलकुद: भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि तिलक बर्माले अविजित ५५ रनको योगदान दिए । उनले २६ बल खेल्दै छ छक्का र दुई चौकाको मद्दतमा अविजित ५५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान रुतुराज गायकवाडले… पुरा पढौ

सुनचाँदीको भाउ आज स्थिर , कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुन चाँदीको भाउ आज स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीको भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । पुरा पढौ

आज विश्व मुस्कान दिवस

आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुदैँन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।” मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उनका… पुरा पढौ