देश

सुनचाँदीको भाउ आज स्थिर , कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुन चाँदीको भाउ आज स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीको भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । पुरा पढौ

आज विश्व मुस्कान दिवस

आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुदैँन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।” मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उनका… पुरा पढौ

एमाले गण्डकीको पदाधिकारीमा पृथ्वी सुब्बा समूहका सबै बिजयी, खगराज समूह निल

पोखरा, असोज १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका शर्माले प्रतिष्पर्धी खगराज समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्दै शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित शर्माले ५ सय ३१ मत प्राप्त गर्दा पराजित अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित शर्मा एमाले गण्डकीका तदर्थ समितिका अध्यक्ष हुन् । उपाध्यक्षमा पिएस समूहकै मीनबहादुर गुरुङ निर्वाचित भए । उनले… पुरा पढौ

एट टु नाइन फुटबल प्रतियोगिता सुरु, पहिलो दिन वाकओभरसहित ६ खेल सम्पन्न

पोखरा । “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए । प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो खेलमा माछापुच्छ्रे त्रीशक्ती युनाइटेडले मिलनटोल एफसीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए । प्रतियोगिताको… पुरा पढौ

पोखरामा ‘सापू’का बिरामी बढे

पोखरा आसपासमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन् । महिनादिनमा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमालय आँखा अस्पतालले जनाएको छ । “यस वर्षको पहिलो बिरामी पहिचान गत भदौ २४ गते भएको हो, गएको मङ्गलबारसम्ममा २६ जनामा सापू देखिएको छ”, अस्पतालका मेडिकल निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा इलिया श्रेष्ठले भनिन, “सङ्क्रमण विस्तारै बढ्दो क्रममा छ ।” उनका अनुसार सो अस्पतालमा गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, स्याङ्जालगायत ठाउँका बिरामी उपचाररत छन् । सात महिनाको शिशुमासमेत उक्त रोेगको सङ्क्रमण… पुरा पढौ

सुनको भाउ बढ्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजार आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ । यसैगरि, आज चाँदीको मूल्य भने लगातार तेस्रो दिन स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ । रासस पुरा पढौ

गिद्ध संरक्षणमा सघाउ पुर्याउन तीन पशु औषधिमा प्रतिबन्ध लगाइने

नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले भारत र बङ्गलादेशमा समेत प्रतिबन्धित उक्त तीन औषधि प्रयोग भएका मृत पशुहरु गिद्धले खादा, गिद्धको स्वास्थ्यमा प्रतिकुल असर परेर मृत्यु हुने भएकाले पशु रोगमा ती औषधिहरु प्रयोग प्रतिबन्ध गर्न लागेको हो । मन्त्रालयअन्तर्गतको नेपाल गिद्ध पुनःस्थापन समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय निकुञ्ज तथा वन्तयजन्तु संरक्षण विभागले जनाएको छ । निकुञ्जका महानिर्देशकको अध्यक्षतामा आयोजित… पुरा पढौ

नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत: विश्व बैंक

विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिप) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । यस वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो… पुरा पढौ

भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकलाई आज सम्बोधन गर्दै उनले भने, “अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देश गर्दछौँ । हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौँ… पुरा पढौ

आज विश्व शिक्षक दिवस

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ । नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।… पुरा पढौ