देश

एमाले गण्डकीको नया नेतृत्व छान्न बुधबार चुनाव,पिएस र खगराज फेरी आमनेसामने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको नया नेतृत्व छान्न बुधबार चुनाव हुने भएको छ । एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नया नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार पूर्वाह्न १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र १ बजेदेखि चुनाव हुने जानकारी दिए । सोमबार उद्घाटन भएर शुरु भएको एमाले गण्डकीको प्रथम अधिवेशनमा बुधबारदेखि चुनावी प्रक्रिया शुरु भएको छ । निर्वाचन कमिटीले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर… पुरा पढौ

यस वर्षको विजयादशमीको उत्तम साइत सार्वजनिक

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै… पुरा पढौ

पोखरा-१७ ड्यामसाईड नजिकैको सडक ओभरलोड टिप्परका कारण भत्कियो

पोखरा, असोज १६ पोखराको पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ । बालुवा बोकेको ग.१ ख.४३६३ नम्बरको टिप्पर पुल क्रस गरेर अगाडि बढ्ने क्रममा सडक भत्किएको हो । ओभरलोडका कारण सडक भासिएको स्थानियको भनाई छ । तितेपानीहुँदै शान्ति स्तुप निस्किने उक्त सडक जिर्ण अवस्थामा थियो । मर्मत सम्भारको प्रक्रियामा रहेको उक्त सडकमा ठूला सवारी साधन तथा सामान बोकेका गाडीहरु चलाउन निशेध गरिएको थियो । तर मंगलबार भने भवन निर्माणका लागि बालुवा बोकेको टिप्पर जाँदा सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना… पुरा पढौ

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो । रासस पुरा पढौ

स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली

स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल हुन । यसैगरी अनुसन्धान अधिकृत अजय… पुरा पढौ

नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए । सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने उनको भनाइ छ । यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने… पुरा पढौ

सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्दै: आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदीको भाउ आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुन तोलाको सय रुपैयाँ घटेर एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरि , आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए । साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५र२५ रनको योगदान दिए । नेपालका… पुरा पढौ

स्वास्थ्य कार्यालय कास्की उत्कृष्ट : कार्यसम्पादन मूल्याङ्कन

जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा कास्की पहिलो बनेको हो । गत आर्थिक वर्ष २०७९र८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो । प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई सामाजिक विकास तथा… पुरा पढौ