देश

कोशी प्रदेश : विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

भदौ १९ काठमाण्डौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते… पुरा पढौ

फोहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनले काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन । बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि… पुरा पढौ

‘मानव बेचबिखन अपराधको स्वरुप परिवर्तन हुँदैछ’

सङ्गठित अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरुप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् । परिर्वतनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित ‘बेचबिखनमा प्रभावितको अधिकार र क्षतिपूर्तिमा पहुँच’सम्बन्धी अन्तरक्रियामा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले विगतमा अधिकांश विपन्न परिवार मानव बेचबिखनको सिकार बन्ने गरेकामा पछिल्लो समय धनी वर्गसमेत पर्न थालेको बताए । “पहिले दुर्गम क्षेत्रका विपन्न परिवारका विशेषगरी महिला र बालिका बेचबिखनमा पर्ने गरेकामा पछिल्लो समय धनी वर्ग र जुनसुकै उमेर समूहका व्यक्ति बेचबिखनको… पुरा पढौ

नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको… पुरा पढौ

सुन तस्करी प्रकरण: सीमा क्षेत्रबाट एक पक्राउ, काठमाडौँ ल्याइँदै

हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौँ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए । यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ… पुरा पढौ

कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र

इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो । विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु. १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनीयर आशिष सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो । पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको… पुरा पढौ

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिए । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो । सामाजिक सञ्जाल एक्स (ट्वीट)मार्फत भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए । उक्त निर्णयले नेपालको आर्थिक विकास र पुनःसंरचनामा महत्वपूर्ण योगदान पु¥याउनेमा उनले विश्वास… पुरा पढौ

नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने

नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयानुसार कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । सोमबार सिंहदरबारमा भएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्रालयको आगामी कार्ययोजनाबारे बोल्दै पर्यटनमन्त्री किरातीले पहिलो पटक संस्कृति नीति बनाउन विज्ञ सरोकारवालासहितको कार्यदल गठन गरिने र उक्त कार्यदलले करिब दुई महिनामा प्रतिवेदन बुझाउने गरी समयावधि तोकिने जानकारी… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको थियो । यसैगरि, चाँदी तोलामा २० रुपैयाँले घटेर आज प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

इन्स्टाग्राममा नक्कली विज्ञापनको भर पर्दा ३४ लाख डुब्यो

वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने… पुरा पढौ