देश

बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए । उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको बताए । “९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो”, उनले भने। टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान… पुरा पढौ

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ । यसैगरि, आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

स्वर्गीय गिरि बिपीपछिकै विद्वान समाजवादी चिन्तक: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन । स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उनले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताएका हुन। “उहाँ धेरै ठूलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उहाँका लेख, कृतिहरु पार्टीले… पुरा पढौ

उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्तबीच निर्वाचनबारे छलफल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ । भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । उनीहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो । हाल प्रदेशसभातर्फ सुदुरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् । हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष।… पुरा पढौ

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदैछ । चन्द्रमास गणनाको साउन शुक्ल पञ्चमीका दिन सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यस पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रुपमा लिने गरिन्छ । यस पर्वमा मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको पूजाआराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरी भित्तामा नाग चित्र कोरेर पूजाआराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो)… पुरा पढौ

आइटिएफ तेक्वान्दो अन्तर्राष्ट्रिय महासंघको स्थायी समितिमा थापा

पोखरा । नेपाल आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापा अन्तर्राष्ट्रिय महासंघको स्थायी समितिमा नियुक्ति भएका छन् । महासंघको सम्पन्न २८ औं महाधिवेशनले थापालाई आइटिएफ स्थायी समिति जुनियर तथा भेट्रान समितिको सदस्यमा नियुक्त गरेको हो । महासंघको महाधिवेशन यहि अगस्ट २० मा काजाकास्तानको आस्तनामा सम्पन्न भएको थियो । थापा आस्तानामा आयोजित २२ औं आइटिएफ तेक्वान्दो बिश्व प्रतियोगिता–२०२३ मा रेफ्रीको भुमिकामा सहभागी छन्। थापा विगत २० वर्ष देखी तेक्वान्दो खेल मा आबद्ध छन् । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका उनी… पुरा पढौ

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

समाजवादी मोर्चाकोे यही भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ । आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिए । उनका अनुसार बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५… पुरा पढौ

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि… पुरा पढौ

सबै प्रकरणका फाइल खुल्नुपर्छ : महामन्त्री थापा

भदौ ३ झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु¥याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए । “विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ”, उनले भने । चुनौतीलाई अवसरका रुपमा… पुरा पढौ

गण्डकीमा माओवादीका जिल्ला र पालिका ईञ्चार्जहरु फेरिए

पोखरा, भदौ ३ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको बैठकले जिल्ला ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । कमजोर माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । सोहि अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला… पुरा पढौ