देश

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे । सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गरे । उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू. १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए। सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गदै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाए । उनले… पुरा पढौ

गोसाइँकुण्डमा रु. तीनलाख भेटी सङ्कलन

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए । यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल… पुरा पढौ

सुनचाँदीको मुल्य मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार हेर्नुहोस ?

आज सुनचाँदीको मुल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार कारोबार भैरहेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो ।आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख १२ हजार चार सय ५० तोकिएको छ । यसैगरि, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू. पाँचले बढेर रू. एक हजार… पुरा पढौ

कोशी प्रदेशको विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

भदौ १७ काठमाण्डौं । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मतसम्बन्धी विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको संयुक्त इजलासले आज उक्त विवाद पूर्ण इजलासमा सोमबार नै पेस गरी सुनुवाइ गर्न आदेश दिएपछि थप सुनुवाइ हुने भएको हो । आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम २३ (२) (ग)… पुरा पढौ

एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

भदौ १७ पोखरा । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको… पुरा पढौ

भोली नेकपा एसको सचिवालय बैठक आह्वान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए । उनका अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ ।रासस पुरा पढौ

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन । असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ । विभिन्न कम्पनीका… पुरा पढौ

हेलो सरकार २४सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन्। समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी थिए । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित… पुरा पढौ

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनको तयारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई पुल दशैँ अघि सञ्चालन गरिने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई वटा पुल दशैँअघि सञ्चालन गर्नेगरी काम अघि बढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामो बालुवा र डुम्रे पुल दशैँअघि सञ्चालनमा आउने गरी काम अघि बढाइएको छ । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा… पुरा पढौ